सत्तापक्ष मुक्ति समाजले भन्यो : शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले राजीनाम दिनुपर्छ

दलित अनलाईन ११ असार २०७८, शुक्रबार १७:०२

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई तत्काल पदबाट बर्खास्त गर्न गरी कारबाही गर्ने सत्तापक्ष भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले सरकारसँग माग गरेको छ ।

सञ्चारकर्मी रुपा सुनारमाथि राजधानी काठमाडौंमा डेरा भाडामा लिने क्रममा घरबेटी सरस्वती प्रधानबाट भएको छुवाछुत– विभेदको घटनाविरुद्ध न्यायका लागि गरेको उजुरीमाथि अनुसन्धान भइरहेको समय मन्त्री श्रेष्ठले प्रहरी हिरासतमा रहेकी प्रधानलाई जबरजस्ती थुनामुक्त गरी आफ्नै गाडीमा लिएर गएको भन्दै मुक्ति समाजले तत्काल पदबाट बर्खास्त गरी कारबाही गर्ने सरकारसँग माग गरेको हो ।
मुक्ति समाजले विज्ञप्ति जारी गर्दै सरकारको मन्त्रीजस्तो व्यक्तिबाट शक्तिको चरम दुरुपयोग गर्दै कानुन र न्यायको प्रक्रियामाथि हस्तक्षेपले दलित समुदायलाई आघत पुगेको भन्दै पार्टीभित्र समेत कारबाही हुनुपर्ने माग गरेको छ ।

विज्ञप्तीमा भनिएको छ,‘ हिरासतमा रहेकी सरस्वती प्रधानलाई २०७८ असार ९ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ हुलहुज्जत सहित महानगरीय प्रहरी वृत्त सिंहदरवार पुगि राज्यशक्तिको दुरुपयोग गरि नेपालको संविधान २०७२ को प्रस्तावना साथै धारा १८ को समानताको हक, धारा २४ को जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र (जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय) ऐन–२०६८ को धज्जी उडाउदै प्रहरीको हिरासतमा रहेकी सरस्वती प्रधानलाई छुटाएर आफैसँग लिएर गएको घटनाप्रति नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।

समाजका संयोजक जीतु गौतमद्वारा जारी विज्ञप्तिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री जस्तो राजकीय ओहदामा आसिन व्यक्तिले पदीय मर्यादा, आचरण र गोपनीयताको सपथलाई ठाडै उल्लघंन गर्नुभएको उक्त घिणृत कार्यको हाम्रो संगनले घोर निन्दा तथा भत्र्सना गर्दछ । विज्ञप्तिमा भनिएको छ,‘ अनुसन्धानमा रहेकी सरस्वती प्रधानमाथि थप अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउन र दोषी ठहर भएमा हदै सम्मकोे कार्वाही चलाउन प्रहरी समक्ष माग गर्दछौं ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank