पञ्चैबाजा

दलित अनलाईन ९ भाद्र २०७५, शनिबार १८:४१

डीबी नेपाली

मुर्चुङ्गा र बिनायाले खुशियाली छायो
पञ्चेबाजाले नेपाल र नेपालीलाई चिनायो ।

दमाहा बज्छ दुङ्ग दुङ्ग,मनै रुवाउने सहनै धुनले,
झुर्मा बज्छ झ्याम् झ्याम, नरसिंगाको स्वरले
ढोलकीको ढपढप ढप्प, टुनुपुटुङ टुनुपुटुङ ट्याम्को
नेपाल देश स्र्वगै जस्तो, झल्को आउने गाँउको ।

मुर्चुङ्गा र बिनायाले खुशियाली छायो
पञ्चेबाजाले नेपाल र नेपालीलाई चिनायो ।

मेरो नशा–नशामा पञ्चेबाजा बज्छ
जन्म,मृत्यु, सँस्कृतिमा, प्रकृतिकै गीत गाँउछ ।
छत्तिस राग–रागिनिमा नाच्छन् सीप–कला
सन्तानको माया हेर,आमालाई कति होला ।

मुर्चुङ्गा र बिनायाले खुशियाली छायो
पञ्चेबाजाले नेपाल र नेपालीलाई चिनायो ।

हजारौ वर्षको पञ्चेबाजा पूर्खाको नासो
अपमानमा बिर्से सबले, बढ्दैछ अहिले चासो ।
गर्व गरी, समृद्ध बनाऊ, पुस्ता फैलाऊ आज
हाम्रो गौरव पहिचान, विश्व चिनाऊ पञ्चेबाजा ।

मुर्चुङ्गा र बिनायाले खुशियाली छायो
पञ्चेबाजाले नेपाल र नेपालीलाई चिनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank