काठमाडौँ — शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पैसाको अभाव र अस्पतालको लापरवाहीका कारण उपचारको क्रममा मृत्यु भएका सामाजिक न्यायको पक्षमा कलम चलाउने पत्रकार एलबी विश्वकर्माको परिवारलाई आफ्नो एक महिनाको तलबको आधा रकम दिएकी छन् ।
मन्त्री झाँक्रीले गत बिहीवार पैसाको अभावमै ज्यान गुमाए विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गरिदिइएकी हुन् ।
मन्त्री झाँक्रीले ३२ हजार रुपैयाँ पत्रकार विश्वकर्माकी पत्नीलाई पठाइदिएको उनको सचिवालयले जनाएको छ । स्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा पत्रकार विश्वकर्माको ललितपुरको पाटन अस्पतालमा गत माघ ६ बिहान निधन भएको थियो ।
पहिले मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा भर्ना भएका उनलाई अस्पतालले पाटन रिफर गरेको थियो । निजामती कर्मचारी अस्पतालले आवश्यक उपचार नगरी अन्यत्र रिफर गरेर लापरवाही गरेको भन्दै आलोचना भइरहेको छ । यस विषयमा छानबिन गर्न अस्पतालले दिनेशकुमार लम्सालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
Leave a Reply