५० हजारमा छुटे पानी छोएको निहुँमा कुटपिट गर्ने राम ईश्वर चौधरी

दलित अनलाईन २० माघ २०७५, आईतवार २३:०१

सर्लाहीको विष्णु गाउँपालिका– २ का अजय रामलाई पानी छोएको निहुँमा कुटपिट गर्ने राम ईश्वर चौधरी ५० हजार धरौटीमा रिहा भएका छन् ।
आईतबार जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले चौधरीलाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

न्यायाधीश पिताम्बर शर्माको आदेशले आफु थप अन्यायमा परेको पीडित अजय रामले बताएका छन् । वडाअध्यक्षबाट आफुमाथि कुटपिट भएको दावी गदै कार्यालय सहयोगीविरुद्ध मुद्दा चलेकोमा उनलाई  पनि ५० हजार धरौटीमा रिहा गर्नुले आफु थप अन्यायमा परेकाे उनले बताएका हुन् ।

यस्तै अदालतबाट अजयलाई न्याय दिलाउनुको साटो उल्टो दोषीलाई उम्काउने दाउँपेजले ५० हजार धरौटीमा रिहा गर्नु नै दोषी उम्काउने खेल भएको दलित अधिकारकर्मी राधेश्याम पासवानले बताए ।

सर्लाहीको विष्णु गाउँपालिका– २ का अजय राम गत २७ साउनमा वडा कार्यालय गएका थिए । आफ्नो चार वर्षीय छोराको पोषण भत्ता लिन उनी वडा कार्यालय पुग्दा उकुसमुकुस गर्मी थियो । कार्यालयमै एउटा टेबुलमा पानीको जग थियो । अजय रामले पानी खान खोजे । तर, दलितले पानी छोएको देखेर आक्रोशित भएका वडाध्यक्ष सञ्जय शाह दुव्र्यवहारमा उत्रिए । उनले कार्यालयमा अजयलाई कुटपिट गरेपछि घाँटी समाएर गलहत्याउँदै कार्यालयबाट निकालेका थिए ।
अन्यायमा परेका अजयले उजुरी दिन खोज्दा प्रहरीले लिन मानेन । एक महिनासम्म पनि प्रहरीले दोषीमाथि कुनै कारबाही नगरेपछि पीडितले राजनीतिक दल र सामाजिक कार्यकर्तालाई गुहारेका थिए । उनलाई न्याय दिलाउन गठन भएको संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेको थियो । तब मात्र घटनाप्रति चासो देखाउँदै प्रमुख जिल्ला अधिकारीले कारबाही गर्ने आश्वासन दिएका छन, तर वडाध्यक्ष होइन, कार्यालय सहयोगीविरुद्ध मात्र उजुरी दर्ता भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank