पाल्पामा घर भत्किँदा १० वर्षीया बालिका नैना दर्जीको मृत्यु

दलित अनलाईन १३ भाद्र २०७८, आईतवार २०:४१

पाल्पा — अविरल वर्षाले घर भत्किँदा आइतबार बिहान १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका–५ कैलाशनगरस्थित नारायण दर्जीको एक तले कच्ची घर भत्किँदा १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको हो ।

ढुंगा माटोले पुरिएको अवस्थामा उनको उद्धार गरेर उपचारका लागि मिसन अस्पताल लगिएको थियो । नैनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank