‘वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जान्छ’

दलित अनलाईन २६ जेष्ठ २०८१, शनिबार १७:४८

काठमाडौँ —  अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले वर्तमान दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्म अगाडि बढाउने बताएका छन्।

रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बजेटमाथिको टिप्पणी सुन्दा सरकार कमजोर हुने र गठबन्धन टुट्ने कुरा आएको भन्दै यो गठबन्धन नटुट्ने बताए।

‘बजेटको बारेमा आएको टिप्पणी सुन्दा यो सरकार कमजोर हुन्छ कि, गठबन्धन टुट्छ कि भन्ने कुरा आउँछ तर त्यो होइन,’ उनले भने, ‘यो गठबन्धन हामी आगामी निर्वाचनसम्म लाने परीक्षण गर्ने र मुख्य सर्त के हो भने देशलाई एउटा आशा जगाउने, जनतामा अलि निराशा छाएको जस्तो छ।’

अर्थमन्त्री पुनले विचार एउटै भएन भने छोटो समयको लागि मात्र सहयात्री हुने भन्दै देशमा एउटा आशा जगाउनको लागि सोच मिल्ने नयाँ गठबन्धनका साथ सरकार अगाडि बढ्ने बताए।

देशलाई आत्मनिर्भर बनाउनका लागि रुपान्तरणकारी क्षेत्र कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गर्नेतर्फ सरकार लागेको पनि उनले दाबी गरे।

Nabil bank

‘कृषि क्षेत्र रुपान्तरणकारी हुन्छ, आधारभूत रुपमा खानको लागि पहिला देश आत्मनिर्भर हुनुपर्यो, त्यसो हुँदा कृषि क्षेत्रलाई प्राथमिकता दिएका छौं,’ उनले भने, ‘कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, व्यवसायिकरण गर्ने, त्यसको लागि के गर्ने भन्दा हामी करार खेतीलगायत धेरै अवसरहरु छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank