मन्त्रिपरिषद् निर्णयः मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, छानविन समिति गठन

दलित अनलाईन १५ फाल्गुन २०७५, बुधबार २१:१५

काठमाडौं– सरकारले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।
मन्त्री अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएपछि बुधवार साँझ बसेको मन्त्रिपरिषद बैठकले फागुन १६ गते (भोलि बिहीवार) राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए। बैठकले झण्डा आधा झुकाउने र विदेशस्थित कुटनीतिक नियोगमा समेत झण्डा झुकाउने निर्णय गरेको छ।

बैठकले पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank