बन्दुकको बलमा गरिएको जातीय विभेदको सामना बन्दुकबाटै गर्न तयार हुनुपर्छ : विप्लव

दलित अनलाईन २७ कार्तिक २०७८, शनिबार २१:२५

धनगढी –नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द विप्लवले यो संसारमा जातीय विभेद लाद्ने काम बन्दुक र तरबारको भरबाट गरिएकोले त्यसको सामना पनि बन्दुक र तरबारबाटै गर्न तयार हुनुपर्ने बताएका छन ।

दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन धनगढीमा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता विप्लवले यस्तो बताएका हुन ।

“कुनै बेला यो संसारमा दलित भन्ने शब्द थिएन । पछि यो देशका शासकले बन्दुक, तरबार र धर्मशास्त्रको भरमा विभेद गरेका हुन । “ विप्लवले भने,“हामी मुक्ति चाहान्छौँ । यो एक्काइसौं शताब्दीमा नेपालका शासकले सुन्नुपर्छ । हामी मान्छे हौँ । मान्छेको व्यवहार चाहान्छौँ । यदि फेरि पनि हामी माथि जाति प्रथा लाद्न चाहान्छौ भने बन्दुकको सामना बन्दुकबाट गर्न तयार हुनुपर्छ।“

उनले मान्छे आफैमा कहिले पनि विभाजित नभएको र शासकले श्रम गर्ने मान्छेलाई तरबार र खुकुरीको भरमा दमन गरेर जाति प्रथा कायम गरिएको र पछि गएर कानुन र धर्मशास्त्र तयार गरेर जातिको जन्म गराई शोषण गरेको उनले बताए ।

उनले जातीय विभेद अन्त्य गरेर मानव जातिको घोषणा पत्र जारी गर्नुपर्ने तर्क गरेका छन ।

“धर्मशास्त्रका बलमा विभेद फरिन्छ भने त्यो धर्मशास्त्रलाई उल्टाएर नयाँ मुक्तिको घोषणा पत्र तयाए गर्नुपर्छ र मानव जातिको घोषणा पत्र जारी गर्नुपर्छ।“ विप्लवले भने,“हाम्रो सोचाइ यो धर्तीबाट दलित भन्ने शब्द नामेट गर्नुपर्छ भन्ने हो।“

उनले विदेशीका अगाडि घुँडा टेकेरर भिख माग्ने नेपालका नेताले नै आफ्ना दाजुभाई माथि विभेद गरेको बताउदै यस सम्मेलन र पार्टीको आगामी राष्ट्रिय सम्मेलनबाट दलित शब्द नेपालको कानुनबाट मेट्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank