सांसद अन्जना विशंखेले हरुवाचरुवा र कमलरीको समस्या तत्काल समाधान सरकारसँग माग

दलित अनलाईन २४ श्रावण २०७९, मंगलवार १७:११

काठमाडाैं — नेकपा माओवादी केन्द्रकी सांसद अन्जना विशंखेले हरुवाचरुवा र कमलरीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद विशंखेले संविधानले उनीहरूको जमिनको सुनिश्चितता गरे पनि त्यसअनुसारको व्यवस्था सरकारले अझै नगरेकोमा बताइन् । सांसद विशंखेले उनीहरूको पुनःस्थापनाको व्यवस्था गर्न ढिलाइ नगर्नसमेत सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले संविधानले उनीहरुको जमिनको सुनिश्चितता गरेपनि त्यस अनुसारको व्यवस्था सरकारले अझै नगरेकोमा आक्रोश व्यक्त गरिन् ।

सांसद विशंखेले उनीहरुको पुनस्र्थापनाको व्यवस्था गर्न ढिलाई नगर्न समेत सरकारलाई सचेत दिइन् । उनले भनिन्, ‘नेपालमा हरुवा, चरुवा, हलिया, बधुवा श्रमको रुपमा कमलरी, हलिया, हरुवाचरुवाको सन्दर्भमा विघटित अध्ययन समिति पनि विघटित भईसकेको छ ।

नेपालको संविधानको धारा ४० अन्तरगत भूमि र जमिनको व्यवस्था सुनिश्चित गर्ने भन्दाभन्दै पनि तराईमा हरुवाचरुवा र मधेशमा हलियाको समस्या अझै समाधान भएको छैन । त्यो समस्या समाधान गर्न भनेर लामो समयसम्म गठन भएको समितिहरुले पनि अझै पनि २/३ हजार हरुवाचरुवाहरुले र कमलरीहरुको समस्या समाधान भएको छैन ।

यसका निमित्त उनीहरुको समस्या छिट्टै समाधान होस् र , उनीहरुको पुनर्वासको पनि व्यवस्था होस् भनेर सभामुखमार्फत सरकारसँग माग गर्दछु । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank