विजय राम हत्या प्रकरण : इन्स्पेक्टर र डिएसपीमाथि कारबाहीको माग गदै चर्कियो आन्दोलन

दलित अनलाईन १५ भाद्र २०७७, सोमबार २१:२६

गृह मन्त्रालयले बनाएको छानविन समिति आफुहरुलाई मान्य नहुने

 

काठमाडौं— हिरासतमा रहेका विजय रामको प्रहरी कुटाईबाट हत्या भएको भन्दै मृतकका परिवार र दलित अधिकारकर्मीहरुले गृह मन्त्रालय बनाएको छानविन समिति आफुहरुलाई मान्य नहुने र घटनामा संग्लन प्रहरीलाई कारबाही हुनुपर्ने माग गदै आन्दोलन चर्काएका छन् ।
अदालतमा म्याद थप गरेका कर्तव्य ज्यान मुद्दाका एक आरोपीको विजय रामको प्रहरी कुटाईबाट उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि दलित अधिकारकर्मीहरुले गृह मन्त्रालयले बनाएको छानविन समिति आफुहरुलाई मान्य नहुने र प्रहरी नै घटनामा संग्लनता देखिएको भन्दै आन्दोलन चर्काएका हुन् ।

गत साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडिया स्थित सच फलफुल नर्सरीमा कार्यरत १७ बर्षिय निरञ्जन रामको घाटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेका बिजय महराको प्रहरीको कुटाईबाट मृत्यु भएको खुलेको छ ।

प्रहरी कुटाईबाट चिन्ताजनक अवस्थामा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगजमा उपचारार्थ भर्ना भएका महराले आफुलाई प्रहरीले महिला तथा बालबालिका सेबा केन्द्र गरुडाको कक्षमा सादा पोशाकका प्रहरीले निर्मम तबरले कुटेको बताएका छन ।
मृत्युपछि उनकै आवाजको श्रव्य दुष्य बाहिरिएको छ । भिडियोमा उनले भनेका छनः मृतक नीरन्जन राम आफनो मामाको छोरा रहेको र उनको हत्या भएपछि प्रहरीले आफुलाई स्वीकार गर्न बासको लौरो, पाईप, बुट लगायत करेन्ट समेत प्रयोग गरेर यातना दिए’
विजय रामको प्रहरीले यातना दिएको हत्या गरेको भन्दै गरुडामा लगातार विरोध प्रदशर्न भइरहेको छ । प्रदर्शनले सोमबार दिनभर गरुडा बजार दलित अधिकारकर्मीहरुले आन्दोलन झनै तेजिलो बनाउ“दै लगेका छन् । आन्दोलनकारीले स्थानीय प्रशासनले गठन गरेको छानबिन समिति आफुहरुलाई अमान्य हुने घोषणा गरेका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले खटाएका तीनै जना प्रहरीको टोली गरुडा महिला सेलमा आएर हिरासतमा रहेका विजयलाई हत्या स्विकार्न चरम यातना दिएको दलित अधिकारकर्मी नाथुराम परियारले बताए । ‘इन्स्पेक्टर र डिएसपीमाथि पनि छानविन गरी कारबाही गर्नुपर्छ । ’
एकपछि अर्को गदै प्रदेश २ को रौतहटमा दुई सातामा तीनजनाको हत्या भएपछि जिल्लावासी त्रसित बनेका छन् ।
शृंखलाबद्ध हत्याका घटना भइरहेको रौतहटमा फेरि एक महिलाको शव भेटिएको छ ।
आइतबार साँझ गढीमाई नगरपालिका– ३ लक्ष्मीपुर गाउँको उखुबारीमा हत्या गरेर फालिएको अवस्थामा अन्दाजी ४० वर्षीया मित्रा देवीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
साउन ३१ गते गरुडा नगरपालिका– ८ जिंगडियामा सच नर्सरीमा कार्यरत २० वर्षीय निरञ्जन पासवानको घाँटी रेटेर हत्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काका अनुसार लक्ष्मीपुर गाउँका सकल बैठाकी श्रीमती मित्रा देवी १० बजे घाँस काट्न भनेर घरबाट निस्किएकी थिइन् । हत्या भएका तीनवटै क्षेत्र इलाका प्रहरी कार्यालय गरुडाको कार्यक्षेत्रभित्र पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank