जातीय विभेद गर्ने जनप्रतिनिधिसहित ४ जना पक्राउ

दलित अनलाईन १९ चैत्र २०७९, आईतवार २०:४४

काठमाडौं —  व्रतबन्धमा दलित भन्दै जातीय विभेद गरेको आरोपमा भतेर घोप्ट्याउने कास्कीका वडा सदस्य रामजी लामिछानेसहित ४ जनालाई पक्राउ गरिएको छ । 

व्रतबन्धमा दलित भन्दै जातीय विभेद गरेको आरोपमा भतेर घोप्ट्याउने कास्कीका वडा सदस्य रामजी लामिछानेसहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो । 

माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछानेसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर ज्ञानबहादुर खड्काले बताए । 

चार जनाविरुद्ध पोखराका नारायण परियारले जातीय विभेदको आरोपमा जाहेरी दर्ता गराएका थिए । लामिछाने फरार रहेकोमा आइतबार जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । 

लामिछाने र सिता लामिछानेलाई आइतबार नियन्त्रणमा लिएपनि चैत १२ गते नै सन्तोष परियार र सुजन लामिछानेलाई प्रहरीले  पक्राउ गरेको थियो । 

दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने र  दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेको भन्दै प्रहरीमा जाहेरी दिएको इन्स्पेक्टर खड्काले बताए । उनीहरूलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ । 

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कारबाही गरी क्षतिपूर्ति समेत भराउन नारायणले माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank