सम्झना विकको बलात्कारपछि हत्या प्रकरण : विरोधमा काठमाडौंमा प्रदर्शन

दलित अनलाईन १० आश्विन २०७७, शनिबार २१:५६

काठमाडौँ— बझांग  मष्टा गाउँपालिका- २ खिकालाकी १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गरिएको भन्दै विरोधमा युवाहरु सशक्त रुपमा प्रदर्शनमा उत्रिएका छन्।

काठमाडौँको माइतीघर मण्डलामा शनिबार युवाहरुले कालोपट्टी बाधेर ‘सरकार बलात्कारीलाई फासी दे’, ‘सरकार देखाऊ इच्छा, पीडित महिलाको सुरक्षा’, ‘हिंसा गर्न पाइदैँन’, ‘कार्यान्वयन नहुने न्याय चाहिदैन’, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

मष्टा गाउँपालिका-२ खिकाला गाउँकी १२ वर्षीय सम्झना कामी बुधबार साँझ गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी गएका बेला बलात्कारपछि हत्या गरिएको भन्दै संयुक्त दलित युवा संघर्ष समितिले  सम्झनाको न्यायका लागि प्रदर्शन गरेको हो । युवाहरुले यस्ता हिंसामा परेका सबै पीडितले न्याय पाउनुपर्ने सरकारसँग माग गरेका छन्।

हजुरबुबासँग बस्दै आएकी सम्झनाको शव गएको बुधबार घर नजिकैको बलात्कारपछि हत्या भएको अवस्थामा भेटिएको थियो ।  प्रहरीले सम्झनाको बलात्कारपछि हत्या भएको अनुमान गरेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank