सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिने सहमति जुटिसक्यो : नैनसिंह महर

दलित अनलाईन २१ फाल्गुन २०७९, आईतवार ११:३६

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम सरकारकालाई विश्वासको मत दिने विषयमा केन्द्रमा शीर्ष नेतृत्त्वबीच सहमति जुटेको बताएका छन ।

उनले नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै गठबन्धनका नेताहरूबीच मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने विषयमा सहमति जुटिसकेको बताएका हुने ।
’केन्द्रमा पनि गठबन्धन छ । यसको प्रभाव तलसम्म पर्छ । गठबन्धन भएकाले पछि दलहरूबीच सत्ता आलोपालो होला । तत्काल कमलबहादुर शाहजीलाई विश्वासको मत दिन माओवादी सहमत भएको छ,’ उनले भने । शाहले विश्वासको मत नपाए सुदूरपश्चिममा राजनीतिक अस्थिरता निम्तिने र त्यो कुनै पनि दलका लागि हितकर नहुने महरको भनाइ छ।

’अहिले निर्वाचन अघिकै गठबन्धन व्युतिएको छ । जनताको म्यान्डेट पनि त्यही थियो । हामीले चुनावको समयमा यही गठबन्धनले मुलुकमा समृद्धि ल्याउँछ भनेका थियौं। विकास विरोधीहरूले बीचमा खेल्न खोजे पनि असफल भए । फेरि पुरानै गठबन्धनसहित केही नयाँ शक्ति एक ठाउँमा उभिएका छौं । अब मिलेर जानुको विकल्प छैन,’ महरले भने ।

यस अघि माओवादीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाउँदै आएको थियो । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले यथास्थितीमा विश्वासको मत दिने अवस्थामा आफूहरू नरहेको बताए    उनले भने  आलोपालो सरकारका लागि कांग्रेससँग लिखित प्रतिबद्धता माग गर्दै आउनेभएको थियो । तर, केन्द्रको सहमति अनुसार माओवादी शाहलाई विश्वासको मत दिन तयार भएको छ ।

आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ । सोही बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank