अठ्ठाइस महिनादेखि अस्पतालबाट उठेन अजित मिजारको शव

दलित अनलाईन १८ भाद्र २०७५, सोमबार १०:०५

काठमाडौं– अठ्ठाइस महिना अघि मारिएका काभे्र होक्से–३ का १८ वर्षीय अजित ढकाल मिजारका आमाबावुले न्याय नपाएसम्म छोराको शव नबुझ्ने बताएका छन् ।
सोमबार दलित अनलाईन डटकमसँग कुराकानी गदै मिजारका पिता हरिभक्त ढकाल मिजारले दलित अनलाइनसँग भन्नुभयो, ‘हामीलाई सरकारले न्याय दिएन, न्याय नपाएसम्म छोराको शव बुझ्दैनौं ।’
घरमा बसिरहेका बेला अजितलाई कसैको फोन आएपछि तामाघाटबाटै बेपत्ता भएका छोरा धादिङमा मृत अवस्थामा फेला परेका थिए । छोराको मृत्युमा मिजार दम्पत्तिले काभे्रकै भोजबहादुर भन्ने धु्रव पराजुली, मनोज पराजुली र सम्झना पराजुलीविरुद्ध किटानी जाहेरी परेको थियो । उनीहरुलाई गत जेठ २० गते जिल्ला अदालत धादिङले सफाइ दिएको थियो । जाहेरीपछि प्रहरीले अभियुक्त तीनै जनालाई २५ दिन थुनामा रोखर २५ हजार धरौटमिा छोडेको थियो । अदालतले आरोपितहरुलाई सफाइ दिएपछि पीडित परिवारले सरकारबाट न्याय नपाएको भन्दै सरकारको अनुसन्धान र कारबाहीप्रति अस्वीकार गर्नुभएको छ ।

२०७३ असार २९ गते घरबाटै बेपत्ता भएका मिजारको शव साउन ३० गते धादिङको गजुरी प्रहरीले फेला पारेपछि बेवारिसे शव भन्दै गाडेको थियो । सामाजिक सञ्जालमा छोराको मृत फोटो देखेपछि मिजार परिवार रातारात धादिङ पुगेको थियो । धादिङ पुगेर परिवारले प्रहरीसँग शव मागेको थियो । तर प्रहरीले शव दिन आनाकानी गरेपछि राािष्ट्रय दलित आयोग र दलित अधिकारकर्मीहरुको पहलमा शव उत्खनन गरिएको थियो । गजुरी प्रहरीले अजित नजिककैको टहरामा झुन्डिएको अवस्थामा देखेपछि शव गाडेको जनाएको थियो ।
छोराको आत्महत्या नभई अन्तरजातीय विवाहका कारणले हत्या भएको भन्दै बुबा हरिभक्तले सोही दिन गजुरी प्रहरी चौकी धादिङमा तीन जनाविरुद्ध किटानी जाहेरी दिनुभएको थियो । तामाघाटको मंगेल उच्च माविमा अध्ययनरत छात्रा कल्पना पराजुलीसँग अतिजले सोही वर्ष असार २६ गते विवाह गरेपछि छोराको हत्या गरिएको हरिभक्तको दाबी छ ।
प्रहरीले गजुरीमै पोस्टमार्टम गरेको भने पनि विश्वसनीय पोस्टमार्टमको माग गरेपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिएको थियो । त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टमा घाँटीमा दाग देखिएको भन्दै मृत्युको कारण ‘ह्यांङगिङ’ उल्लेख गरको थियो । अजितको हत्याबारेमा आवश्यक अनुसन्धान गरी कारबाही नभएसम्म शव नबुझ्ने भन्दै अठ्ठाइस महिनादेखि नै मिजार परिवारले छोरा अजितको शव शिक्षण अस्पताल महाराजगञ्जबाट बुझेका छैनन् ।


गत जेठ २० गते जिल्ला अदालत धादिङले आरोपित सबैलाई सफाइ सुनाएपछि आफूले न्याय नपाएको गुनासो बुबा हरिभक्तको छ । ‘हामी गरिबको कानुन पनि हुँदो रहेनछ, न्याय पनि हुँदो रहनेछ,’ अजितकी आमा कालीले बताइन् । ‘मेरो छोराको अन्तरजातीय विवाहकै कारण हत्या भएको हो, सरकारले हत्यारालाई कारबाही नगरेसम्म शव बुझ्दैनौं,’ उहाँले भन्नुभयो । उहाँले प्रहरीले गजुरी पुगेर आत्महत्या गरेको कुरा कुनै पनि हालतमा सत्य नभएको भन्दै सरकारसँग अनुसन्धान गरी न्याय दिलाउन आग्रह गर्नुभयो । जातपातकै कारण छोराको हत्या भएको अवस्थामा हत्याविरुद्ध कारबाही हुन नसक्दा आफ्नो लागि सरकार नभएझैं भएको उहाँले बताउनुभयो ।
हत्यारा पत्ता लगाएर कारबाहीका लागि फेरि पनि कानुनी प्रक्रियामै अघि बढ्ने मिजार परिवारले बताएको छ । अजित मुद्दाको अध्ययन तथा बहस गरिरहनुभएका अधिवक्ता मोहन साशंकरका अनुसार अनुसन्धान चित्त बुझ्दो नलागेपछि पीडित पक्षले वैकल्पिक रुपमा कानुनी उपचार जाने बाटो रहेको र त्यहीअनुसार अघि बढ्ने क्रममा रहेको बताउनुभयो । अजितको मुद्दा सरकारवादी भएकाले हत्याराविरुद्ध सरकारी निकाय नै पीडितको पक्षमा नदेखिएको उहाँको तर्क छ । अजितलाई न्याय दिलाउन सरकारले मुद्दाको नयाँ र निष्पक्ष व्यक्तिबाट अनुसन्धान गराउनुपर्ने अधिवक्ता साशंकरको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank