रिंकुमाथिको सामूहिक बलात्कार घटनामा अदालतबाट तीन जनामाथि ५ दिनको म्याद थप

दलित अनलाईन १३ फाल्गुन २०८१, मंगलवार ०९:४५

काठमाडौं —  सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा तीन जनामाथि ५ दिनको म्याद थप भएको छ । प्रहरीले उनीहरूमाथि सोमबार सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको हो ।

प्रहरीले आइतबार यो घटनामा अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको थियो । तर, त्यसमध्ये एक जना निर्दोष पाइएपछि छाडिएको र स्थानीय चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दासमाथि थप अनुसन्धानका लागि अदालतबाट पहिलोपटक पाँच दिनको म्याद लिएको प्रहरीले जनाएको छ ।

Laxmi sunrise bank 2034

बलात्कार घटना सार्वजनिक भएपछि लेनदेन गरी मिलापत्र गराउने काममा उनीहरूको पनि संलग्नता प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank