दोलखामा वडाध्यक्षकै संलग्नतामा कुटिए दलितहरु

दलित अनलाईन ३० चैत्र २०७६, आईतवार २०:२७

दोलखा– दलित वस्तीमा प्रवेश गरी अपशब्द बोल्दै तामाकोशी गाउँपालिका–५ का वडा अध्यक्ष सहितको टोलीले गाउँका दलित युवा ,महिलाहरुलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।
मादक पदार्थ सेवन गरी वडाध्यक्ष राजकुमार रोक्का, मदन खड्का, भुमिराज रोक्का, कपिल फुयाँल र ईश्वर रोक्कासहितको ३०–४० जनाको समुह दलित वस्तीमा पसी महिलामाथि तथानाम गाली बेइज्जती गर्दै दलितको पसल अगाडी पिसाब फेरी कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते भएको दुई महिला र दुई पुरुषलाई दोलखाका अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । टाउकोमा चोट लागि सख्त घाईते भएका भुवन मिजार र कमल मिजारको चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको घाइतेका आफन्त डबल मिजारले बताएका छन् । शरिरभरि निल डाम भएका दुई जना दलित महिला सिता र गिता मिजारको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको मिजारले जानकारी दिए ।
जनप्रतिनिधि भएर सार्वजनिक स्थलमा पटक–पटक दलितको बुद्धि हुदैन भन्दै अपशब्द बोल्ने रोक्कालाई योभन्दा पहिला पनि स्थानिय प्रशासनमा दलित समुदायले उजुरी गरेका थिए । गाँजा, रक्सी सेवन गरी बोल्दै हिँड्ने अध्यक्षलाई एक पटक सचेत दलित युवाहरुले माफी दिएको परिणाम यस पटक मरणासन्न हुने गरी कुटाई खानु परेको तितो यर्थाथ सुनाउँदै तामाकोशी गाउँपालिका ५ अर्खोलेका मिजारले भने ‘हामीले दलित भएर बाँच्न नपाउने ?’
घाइते दुईको अवस्था चिन्ताजनक रहेको चरिकोटस्थित सामुदायिक अस्पतालले जनाएको छ । प्रहरीले कुटपिट गर्नेलाई हालसम्म नसमातेकोमा पीडितहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।
घटना बारे सम्बन्धित निकाय जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी रेवती रमन पोखरेलसँग कुरा गर्दा प्रहरीले घटना दर्ता गरी अनुसन्धानमा लागि परेको भनेता पनि घटना दर्ता नभएको र प्रहरीले झुट बोली दोषीलाई बचाउने खेल खेली रहेकोले सबै दलित अधिकारकर्मी सचेत भई पीडितलाई न्याय दिलाउनमा सहयोग गर्न दलित एकता संजाल नेपाल केन्द्रिय सचिव सुनिल मिजारले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank