प्रदेश २ : फेरि एक दलित युवकको नालामा लास भेटियो

दलित अनलाईन २० श्रावण २०७८, बुधबार २०:१०

सप्तरी – प्रदेश २ मा प्रहरी हिरासतमै रहस्यमय ढंगले एक दलित युवकको मृत्यु घटनाको साता दिन नवित्दै सप्तरीमा फेरी अर्को दलित युवकको रहस्यमय अवस्थामा शव भेटिएको छ ।
सप्तरीको खडक नगरपालिका वडा –३ गरुराहा टोलमा बुधबार विहान स्थानीय मुक्ति रामको २५ वर्षीय छोरा श्यामसुन्दर राम मृत अवस्थामा भेटिएको हो ।
घरदेखि झण्डै ५० मिटरको दुरीमा नालामा श्यामसुन्दर मृत अवस्थामा भेटिएको छ । मंगलबार साँझ नै घरबाट निस्किेका श्यामसुन्दर रातभरि नआएको र विहान सडकसँगै रहेको नालामा मृत भेटिएको परिवारजनले बताएका छन् । यता श्यामसुन्दरलाई हत्या गरेर नालामा फालिएको परिवारजनले दावी गरेका छन् । परिवारजनले घटनाको अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन प्रहरीसँग आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रवक्ता माधव प्रसाद काफ्लेले शव पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे अनुसन्धान थालिएको बताए । ‘प्रारम्भिक अनुसन्धानअनुसार श्यामसुन्दर मन्दिर सेवन गरेर नालामा लडेको हुनसक्ने पनि देखियो, यद्यपी पोष्टमार्टम रिर्पोट आएसँगै सोही अनुसार अनुसन्धान अघि बढाउँछौं’,उनले भने ।

मृतक श्यामसुन्दरका पत्नी र अढाइ वर्षीया छोरी छन् ।  मृतक युवकको शव हाल पोष्टमाटसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा राखिएको तथा घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank