डा. बाबुराम भट्टराईकाे संयोजकत्वमा कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल गठन

दलित अनलाईन २२ चैत्र २०७६, शनिबार २१:५४

काठमाडाैं- कोरोना भाइरसको संक्रमण विश्‍वव्यापी रुपमा फैलिएको र नेपालमासमेत बढेको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा  कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल ‘कोमविसापु’ गठन गरिएको छ ।

समाजका सबै क्षेत्रका व्यक्तिहरूलाई प्रतिनिधित्व गराइएको समितिले कोरोना महाव्याधीका कारण सिर्जित बहुआयामिक संकटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्ने जनाइएको छ । त्यस्तै, आम जनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

को-को छ समितिमा

केन्द्रीय संयोजन समिति १७ जना रहेका छन् । जसको संयोजन पूर्वप्रधानमन्त्री तथा सांसद डा. बाबुराम भट्टराई रहेका छन् । त्यस्तै सांसद प्रदीप गिरि, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.स्वर्णिम वाग्ले, अर्थशास्त्री डा. कल्याणराज शर्मा, व्यवसायी कृष्ण आचार्य रहेका छन् ।

त्यस्तै, पूर्वसचिव जनकराज जोशी, प्रविधि विज्ञ डा. दोभान राई, सामाजिक अभियान्ता प्रदीप परियार, ब्रबिम कुमार, अधिकारकर्मी लुना रञ्जित, चिकित्सक डा. लोचन कार्की, सुरेन्द्र यादव रहेका छन् ।

त्यस्तै, जनस्वास्थ्य विज्ञ डा. ल्हामो शेर्पा, शहरी शासन विज्ञ डा.सबिन निंगलेखु, सुरक्षा विज्ञ, सुरेन्द्र शाह र सञ्चार क्षेत्रबाट विश्‍वदीप पाण्डे सदस्य रहेका छन् ।

विज्ञप्तिको पूर्णपाठ –

कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप) प्रेस विज्ञप्ती

Public Initiative Against Corona Pandemic, Nepal (PIACPN) Press Release

कोरोना महाव्याधीका कारण सिर्जित बहुआयामिक संकटलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्न, आम जनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्न, निगरानी एवं अनुगमन तथा मूल्यांकन गर्न राजनीतिज्ञ लगायत विभिन्न क्षेत्रका युवा वौद्धिकहरु सम्मिलित कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहलको शुरुवात भएको छ ।

कोरोना महाव्याधीका कारण सिर्जित संकटले नेपाललाई पनि छोइसकेको छ । विश्वका अति विकसित देशलाई समेत यसका विविध प्रभावहरुको लेखाजोखा तथा त्यसको लागि आवश्यक पहल लिन हम्मे हम्मे परिरहेको अवस्थामा नेपाल जस्तो विकासशील मुलुकलाई यसको व्यवस्थापन गर्न मुस्किल पर्नु स्वभाविक नै हो ।

कोरोना महाव्याधीलाई व्यवस्थापन गर्ने सवालमा नेपाल सरकारका विभिन्न कमिकमजोरी छन्, यद्यपि सरकारले गरेको कामलाई सहयोग गर्ने, जिम्मेवार बनाउन प्रश्न गर्ने, निगरानी गर्ने र कोरोना महाव्याधीले विभिन्न तरिकाले संक्रमितलाई सहयोग गर्न सहजीकरण गर्ने दायित्व हामी सबैको हो । सरकारले गरेका कार्यहरुलाई रचनात्मक तरिकाले सहयोग पु¥याउने, आफ्नो आफ्नो स्थानबाट जनस्वास्थ्य, अर्थ लगायतका विभिन्न कोणहरुबाट आवश्यक सुझावहरु सम्बन्धित निकायसम्म प्रभावकारी ढंगले पु¥याउने उद्देश्यका साथ यो पहलको शुरुवात गरिएको हो ।

यस पहललाई संयोजन गर्न केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म संयोजन समितिहरु रहनेछन् । अन्त्यमा राज्यले गरेका कार्य एवं यस अभियानले चालेका कदमबारेमा श्वेतपत्र जारी गरिनेछ । हाललाई केन्द्रमा निम्न व्यक्तिहरु रहेको संयोजन समिति रहनेछ र त्यसमा विभिन्न सार्वजनिक क्षेत्रका इच्छुक विज्ञ तथा स्वयंसेवी युवाहरुलाई सहभागी गराउँदै लगिनेछ ।

केन्द्रीय संयोजन समिति

डा. बाबुराम भट्टराई
पूर्व प्रधानमन्त्री, सांसद

प्रदीप गिरी
राजनीतिज्ञ, सांसद

डा. कल्याणराज शर्मा
अर्थशास्त्र, व्यवस्थापन

कृष्ण आचार्य
उद्यमी व्यवसायी

जनकराज जोशी
पूर्व सचिव, संविधानसभा सदस्य

डा. दोभान राई
सूचना प्रविधि विज्ञ

प्रदीप परियार
सामाजिक अभियन्ता

ब्रबिम कुमार
सामाजिक अभियन्ता

डा. रेशम थापा
अर्थशास्त्री, प्राध्यापक

लुना रन्जित
अधिकारकर्मी

डा. लोचन कार्की
चिकित्सक

डा. ल्हामो शेर्पा
जनस्वास्थ्य विज्ञ

विश्वदीप पाण्डे
संचार क्षेत्र

डा. सबिन निंगलेखु
शहरी शासन विज्ञ

डा. सुरेन्द्र यादव
चिकित्सक, सांसद

सुरेन्द्र शाह
सुरक्षा विज्ञ, पूर्व एआइजीपी

डा. स्वर्णिम वाग्ले
पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग

२०७६ चैत २२

मिडिया सम्पर्कका लागि
विश्वदीप पाण्डे
९८५११५५५६७
bishwadeep.pandey@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank