राउटे समुदायको व्यवस्थापनको लागि कानुन आउँछ : कानुनमन्त्री सिता नेपाली

दलित अनलाईन २४ श्रावण २०७८, आईतवार ११:२४

सल्यान –कर्णाली प्रदेश सरकारले लोपउन्मुख राउटे समुदायको व्यवस्थापनको लागि छिटै कानुन ल्याउने कानुनमन्त्री सिता नेपालीले बताएकी छन् ।
शानिबार सल्यान कालिमाटी गाउँपालिका वडा ५ काल्चे चिसापानीमा रहेको राउटे समुदायको वस्तीमा पुगेर राहत वितरण गदै कानुनीमन्त्री नेपालीले छिटै कानुन ल्याउने बताएकी हुन् ।
सामाजिक विकास मन्त्रालय तथा सामाजिक सेवा केन्द्र दैलेखको आयोजनमा ४६ घरधुरी राउटे समुदायलाई खाद्यन्न वितरण कार्यक्रममा बोल्दै मन्त्री नेपालीले कर्णाली प्रदेशमा लोपोन्मोख जाति राउटे समुदायमाथि पछिल्लो घटनाक्रमले सामाजिक सुरक्षाको चुनौती दिएको बताइन् । राउटे समुदायको व्यवस्थापनको लागि कानुन निर्माण गरी प्याकेजमा सबै समस्याको हल गर्ने गरी कानुन निर्माण गर्न थालिएको मन्त्री नोपली जानकारी दिइन् ।
कर्णाली प्रदेशको सल्यान, जाजरकोट, कालीकोट ,दैलेख र सुर्खेतमा बस्न मन पराउटे राउटे समुदायको छुटै खालको साँस्कृती र साँस्कार भएको र राउटे समुदायले आफै सिलाएका कपडा लगाउने बजारबाट ल्याएको खानेकुरा नखाने र वनको राजा भन्न मन मराउने राउटे समुदायको पछिल्लो समयमा सामाजिक आचरण फेरिदै गएकाले राउटेको सामाजिकीकरण गर्न आवश्यक भएकोले कानुन निर्माण गर्न लागेके मन्त्री नेपालीले बताइन् ।

राउटे समुदायले पछिल्लो समयमा मदिरा तथा सुर्ती जन्य पदार्थ अत्याधिक सेवनले उनीहरुको सुरक्षामा चुनौती बढेकोले अब राउटे समुदायका कोही कसैलाई मादक पदार्थ विक्री वितरण गर्ने गरेमा पसललाई कारबाही गर्ने बताइन् ।
मन्त्री नेपालीसँग राउटेका मुखिया बीरबहादुर शाहीले आफुहरुलाई सामुदियक वनले काठ नदिने भएकाले राउटेको परम्परागत हस्तकला विस्तारै हराउँदै जाने भएकाले आफुहरुले निर्वात रुपमा काठ काट्न पाउनु पर्ने माग राखेका थिए । शाहीले महिला तथा बालबालिकालाई कपडा पौष्टिक खानेकुरा उपलब्ध गराउनु पर्ने पनि बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank