काठमाडौं —अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आजै अर्थमन्त्रीमा नियुक्त भएका शर्माले आइतबार साँझ उनले सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि उनले गएको असार २२ गते पदबाट राजीनामा दिएका थिए । उनीबारे छानबिन गर्न संसदीय छानबिन समितिले सफाईदिएसँगै उनी फेरि अर्थमन्त्री बनेका हुन् । सपथलगत्तै उनले आजै अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।
Leave a Reply