रुकुम हत्या प्रकरण : संयुक्त राजनीतिक दलित संघर्षको समितिको आन्दोलन झनै कडा बन्दै [तस्बिरहरु]

दलित अनलाईन ६ असार २०७७, शनिबार १४:३५

काठमाडौँ — रुकुम चौरजहारी सोतीमा अन्तरजातीय प्रेम विवाहको निहुँमा सुनियोजित र सामुहिक ६ जना हत्या प्रकरणका आरोपितहरु विरुद्ध कानुनी कारबाहीको प्रक्रिया अगाडी शुक्रबारबाट थुनछेक बहस सुरु भएको छ ।
जाजरकोटका पाँच र रुकुम पश्चिमका एक गरी ६ युवाको ज्यान जाने गरी गत १० जेठमा भएको हत्या प्रकरणमा संलग्न रहेको आरोपसहित जिल्ला सरकारी वकिल कार्यालयले पक्राउ परेका २९ जना र फरार रहेका पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । प्रतिवादीहरूले आफ्नो बयानमा घरेलु हतियार प्रयोग गरी सामुहिक हत्या गरेको स्वीकार गरिसकेका छन् ।
सरकारको पदीय जिम्मेवारी सम्हालेका व्यक्तिहरु र सिंगो पार्टी समेत घटनामा अदृष्य ढंगबाट घटनालाई ढाकछोप गर्ने र दोषीहरुलाई उम्काउने खतरा भएको भन्दै देश तथा विदेशमा दलित समुदाय र अधिकारकर्मीहरु आन्दोलित भएका छन् । रुकुम नरसंहारमा दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने माग राख्दै नवराज विक सहितको टोलीको हत्या जातको आधारमा भएको भन्दै उनीहरुले जात व्यवस्थाको अन्त्य माग समेत गरेका छन् । देश तथा विदेशमा समेत नवराज विक न्यायका लागि आन्दोलन झनझन तेज बनाउँदै लगिरहेका छन् । घटना पूरै राजनीतिकरण गरी अपराधीहरु उम्काउन सरकार नै लागि परेको भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले आन्दोलन झनै आक्रामक बनाउँदै लगेको छ । देश व्यापी रुपमा दोषीलाई हदैसम्मको कारबाहीको हुनुपर्ने माग राख्दै आन्दोलन भइरहेको छ ।


नवराज हत्या प्रकरणको विरोधमा माईतीघरमा सुरु भएको पहिलो चरणको आन्दोलन सकिएर शुक्रबारदेखि दोस्रो चरणको आन्दोलन सुरु भएको छ । शुक्रबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले माईतीघरबाट विरोध ¥याली गरी बानेश्वर पुगेर कोणसभा गर्दै घटनामा राजनीतिक पार्टीका नेताहरु नै दोषी उम्काउन सक्रिय रहेको बताउँदै सरकारले दोषी उम्काए दलित मुक्तिका लागि विद्रोह हुन सक्ने चेतावनी समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank