![](https://dalitonline.com/wp-content/uploads/2022/05/uml-nepal.jpg)
मनाङ — मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित भएका छन् ।
शनिबार मध्याह्न सकिएको मतगणना अनुसार मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा कान्छा घले निर्वाचित भएका हुन् । एमालेका कान्छाले कांग्रेसका छिरिङ ओङमा गुरुङलाई पराजित गरेका हुन् ।
अध्यक्षमा निर्वाचित कान्छाले ८६१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी छिरिङले ७१३ मत पाए ।
Leave a Reply