दलित छात्राबास हडप्न खोज्ने एनजिओमा अर्को ताला

दलित अनलाईन २७ असार २०७५, बुधबार ००:०७

काठमाडौं/बिजेश्वरी दलित विकास छात्रबासको जग्गा कब्जा गर्न खोजेको भन्दै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (एनएनडिएसडब्लुओ) नामक गैरसरकारी संस्थाको कार्यालयमा संयुक्त दलित संघर्ष विद्यार्थी संगठनले सोमबार तालाबन्दी गरेका छन् ।

एनएनडिएसडब्लुओले छात्रावास भएको जग्गाको अस्थायी लालपुर्जा लिएको र उक्त छात्राबासलाई नीजिकरण गर्न खोजेको विरोधमा विभिन्न राजनीतिक भातृसंगठनमा आवद्ध विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

एनएनडिओडब्लुओले छात्राबासमा गिद्धेदृष्टि लगाई हालीमुहाली गरेको भन्दै सबत्र विरोध भइरहेको छ । यसै विषयमा संयुक्त दलित संघर्ष समितिले गृहमन्त्री रामबहादुर थापालाई भेटेर सार्वजकि सम्पत्तिमा एनजिओले गरेको बद्मासीले सिंगो दलित आन्दोलनमै ठेस पुगेको र यसलाई तत्काल रोक्न माग गरिसकेको छ ।

छात्राबासमै बस्ने विद्यार्थीले लगाएको ताला फोडेर कार्यालय सञ्चालन गरेपछि आफुहरुले पुनः ताला लगाएको अनेरास्ववियु उत्पीडित राष्टिय सम्पर्क कमिटिका उपाध्यक्ष रामलाल राजवंशी विकले जानकारी दिए । उनले भने, ‘कसैको स्वामित्वमा नभएको उक्त दलित छात्राबासमा एउटा एनजिओले गिद्धि दृष्टि लगाउँदा लाखौँ दलित विद्यर्थीको आत्मसम्मानमा ठेस पुगेको छ । उक्त छात्राबासको तत्काल कानुनी प्रक्रिया टुंग्याई व्यवस्थित र स्तरियढंगबाट सञ्चालन गर्न नेपाल सरकार शिक्षा मन्त्रालयलगायतका सरोकार निकायसँग माग गर्छौँ ।’

करिव ७० जना विद्यार्थी बस्दै आएको बिजेश्वरी छात्राबास बिजेश्वरी छात्राबास काठमाडौं महानगरपालिका बडा नं. १५ स्थित बिजेश्वरी डाडास्थित ३ रोपनी ७ आनामा फैलिएको छ । राज्यले खुलेको उक्त छात्राबासमा केही समयदेखि एनएनडिएसडब्लुओको हालिमुहाली चल्दै आएको छ ।

छात्रबासको कथा
तत्कालीन राजा महेन्द्रले २०१९ मा सहर्षनाथ कपालीलाई छात्रावासको जग्गा खरिद गर्न २५ हजार रुपैयाँ उपलब्ध गराएका थिए । त्यतिबेला दलित अगुवाहरुकै पहलमा काठमाडौं वडा नं. १५ स्थित विजेश्वरीमा ३ रोपनी ७ आना जग्गा छात्राबासको लागि जग्गा खदि गरिएको थियो ।

२०२८ सालमा किर्तिनीधि विष्टले भवन निर्माणको लागि बजेट निकाशा गरेको थिए । र, उनलै निर्माणाधिन छात्रावासको भवन शिलन्यास गरे । २०३३ सालमा एक तले भवनमा १६ कोठा र एक एक वटा सभाहल, वार्डेन कोठा, डाइनिङ हल थियो । त्यही वर्षदेखिनै विजेश्वरी छात्रावासमा दलित विद्यार्थी बस्न शुरु गरे ।

२०४२ मा प्रतापराम लुहारलाई छात्राबास सञ्चालन समितिको अध्यक्षमा नियुक्त गरियो । त्यतिबेला उनी एनडिओडब्लुओका अध्यक्ष थिए । त्यसपछि उनले बठ्याइ गरि छात्राबासको जग्गालाई संघको नाममा बनाए । त्रिलोकचन्दै विश्वा विश्वकर्मा अहिले उक्त एनजिओको प्रमुख छन् । नाताले उनी प्रतापरामका ज्वाई हुन् । र, उनले नै उक्त छात्रावासलाई आफ्नो बनाउनका लागि लागिपरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank