दलितमाथिको हिंसा रोकिएन : अध्यक्ष देवराज विश्वकर्मा

दलित अनलाईन २१ जेष्ठ २०७९, शनिबार ००:१२

 


काठमाडौँ — राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बनेका कानुनहरु व्यवहारिक रुपले कार्यान्वयन नहुँदा छुवाछुत विभेदका घटना बढेको बताएका छन् ।

शुक्रकार ललितपुरमा दलित गैर सरकारी संस्था महासंघको छैटौ महाधिशनबाट निर्वाचित पदाधिकारी एवंम सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष विश्वकर्माले विभेदका घटना बढेको बताएका हुन् ।

छुवाछूतमुक्त राष्ट्र घोषणा भएर मुलुक समृद्धिको यात्रामा अगाडी बढे पनि दलित समुदायको पक्षमा लेखिएका ऐन, कानुनहरु व्यवहारिक रुपमा कार्यान्वयन नहुँदा दलित समुदायमाथि जातीय छुवाछुतका घटनाहरु बढ्न थालेको अध्यक्ष विश्वकार्माले बताए । उनले भने, ‘हामी समृद्धिको यात्रामा छौं, तर एउटा ठूलो समुदायमाथि अझै पनि जातीय विभेद र छुवाछुत गरिन्छ ।’

दलित समुदायलाई सामाजिक न्यायको अनुभूति दिलाउन निकै कठिन रहेको औल्याउँदै दलित समुदायको पक्षमा बनेका कानुनहरुको पूर्ण कार्यान्वयनमा सबै एक जुठ भएर लाग्नुपर्ने बताए ।

‘संविधानले धेरै कुरा सुनिश्चित गरेको छ, पूर्ण कार्यान्वयनको खाँचो छ, उनले भने, ‘समुदायले आत्मबोध हुनेगरी छुवाछूत र विभेदको घटनाको न्युनिकरणमा लाग्नुपर्छ ।’

अफ्रिकाका लागि नेपालको पूर्व राजदूतमा डा. निर्मलकुमार विश्वकर्माले दलित समुदायको पक्षमा जारी भएका ऐन कानुनहरु पूर्ण रुपमा कार्यान्वयनमा हुनुपर्ने बताए । उनले भने, ‘ दलित समुदायको पक्षमा जारी भएका कानुनहरु धेरै छन्, तर कार्यान्वयन छैन ।’

राजनीतिक लामो लडाईपछि प्राप्त भएका उपल्बधी संविधानमा सुनिश्चित भए पनि पूर्णरुपमा कार्यान्वयन हुन नसक्दा दलित समुदायहरु दिनप्रतिदिन जातीय छुवाछूतको शिकार हुनुपर्ने पूर्वराजदूत विश्वकर्माले बताए ।

नेपाल दलित संघका संयोजक रामकृष्ण लकान्द्रीले सामाजिक न्यायको घेराबाट बञ्चित दलित समुदयहरुलाई न्यायोचित ढंगाबाट हिजो गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुलाई व्यवहारिक रुपमा कार्यान्वन सरकार गर्नुपर्ने बताए ।

नेपाल उत्पडित जातिय मुक्ति समाज अध्यक्ष मनोहर पौडेल विश्वकर्माले दलित आन्दोलनले प्राप्त गरेको उपलब्धीलाई रक्षा गदै थप अधिकारका लागि एक जुट भएर संघर्ष गर्नुपर्ने बताए । दलितका समस्या र मुद्दाहरुलाई सामाजिकीकरण नगरेसम्म समाधान हुन नसक्ने बताए । उनले भने, ‘सामाजिक आन्दोलनलाई थप बलियो बनाए, अधिकारको आभाष गर्न सकिन्छ ।’

वुद्धिजीविद्धय तथा दलित अधिकारकर्मी कमला हेमचुरी र हिरा विश्वकर्माले दलित समुदायको पक्षमा सरकार उदासिन हुन नहुने विश्लेषणा गरे । उनीहरुले ‘नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १६ वर्ष पुगे पनि जातीय छुवाछूतको र विभेदका घटना झनै बढ्दै गएकारे दावी गरे ।

कार्यक्रममा दलित आन्दोलन नेता मोतिलाल नेपाली, भक्त विश्वकर्मा ,तीर्थ वर्मा, नरेन खतिवडा र कमल घतानीले दलित समुदायको क्षेत्रमा क्रियाशील दलित गैर सरकारी संस्था महासंघ आफ्नो भूमिकालाई अझै थप बलियो बनाउनुपर्ने बताए । उनीहरुले समुदायमाथि जातीय छुवाछूताका घटनाहरु बढ्दै गएको भन्दै समुदायको पक्षमा लेखिएका कानुनहरुलाई कार्यान्वयन गराउन महासंघ लाग्नुपर्ने बताए । सबै साझा संस्था बनाउने गरी अगामी दिन सामाजिक न्याय र दलित मावन अधिकारको क्षेत्रमा खबरदारी गर्न आग्रह गरे ।

दलित गैर सरकारी संस्था महासंघको छैटौ महाधिशनबाट निर्वाचित ५५ पदाधिकारी एवंम सदस्यहरुको सपथ ग्रहण निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृत देवानीराम लोहारले गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank