वादी समुदायको चित्कार : प्रदेश सरकारले सुन्छ ?

दलित अनलाईन ३० फाल्गुन २०७८, सोमबार २२:१८

काठमाडौं  — राष्टिय वादी संञ्जाल नेपालले वादी समुदायमाथि भएको आक्रमणका दोषीहरुलाई तत्काल कारबाही गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।

कैलाली गोदावरी नगरपालिका वडा- ३ चौकी डाडास्थित वादी वस्तीमा भएको सुनियोजित आक्रमणकारीहरुलाई तत्काल कारबाही गर्न प्रदेश सकारलाई आग्रह गरेको हो ।

महेन्द्र राजमार्गको छेउमा विगत केही दशकदेखि बस्दै आएका वादी समुदायका घर-टहराहरु भत्काएर आगो लगाईएको थियो । वादी वस्तीमा सामान्य विवाद बढ्दै जादा आक्रमणकै योजनामा रहेका आक्रमणकारीहरुले अन्धधुन्ध हातपात गरी वस्तीभित्र पसेर आगो लगाएका थिए । वस्तीमा आक्रमणकारीहरुले आगो लगाएपछि वादी वस्तीभित्र खाद्यन्न, लत्ताकपडा र महत्वपूर्ण कागजातहरु जलेर नष्ट बनेका छन् ।

कैलाली अत्तरिया नजिकैको मालिका टोलमा रहेको वादी वस्तीमा फागुन २३ गते दिउसो करिब ३ बजे वस्तीमा आगो लगाउँदा १ सय २० घर नष्ट बनेका छन् ।

आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक र सबै पक्षबाट पछाडि पारिएको वादी समुदायको वस्तीमा यस्तो वर्वरता र क्रुरर घटना हुनु लोकतान्त्रिक शासन पद्धती तथा कानूनी राज्यमाथिकै गम्भिर प्रश्न चिन्ह खडा भएको छ ।

सबै पक्षबाट पछाडि पारिएको दलितभित्रको पनि अति पिछडिएको सिमान्तकृत समुदाय वादी समुदायमाथि आक्रमण भए लगातै वादी समुदायहरुले आन्दोलन गदै आएका छन् । उनीहरुले आन्दोलनका लागि संघर्ष समिति नै बनाएर आन्दोलन चर्काउँदै लगेका छन् ।

राष्टिय वादी संञ्जाल नेपालको नेतृत्वमा उनीहरुले आन्दोलनलाई झनै सशक्त बनाउँदै लगेका छन् आइतबार प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै वादी समुदायको तर्फबाट राखेका ११ बुँदे माग पत्रलाई सम्बोधन गर्न आग्रह गरेका छन् । उनीहरुले आफुहरुको चित्कार तत्काल सम्बोधन गर्न पनि प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

आफनो नाममा एक टुक्रा पनि जग्गा जमिन नभएको वादी समुदायलाई कुनै वैकल्पिक वाटो नअपनाएर यसरी उठीवास लगाउने गरी वस्तीभित्र आगो लगाउने राज्यको दायित्वभित्र नपर्ने भन्दै राष्टिय वादी संञ्जाल नेपालका अध्यक्ष केशव नेपाली वादीले बताए ।  ‘हामीले सबै सरोकारवाला निकायलाई भनेका छौं,  ‘हामीले राखेका ११ बुँदे तत्काल सम्बोधन गर्नुपर्छ ।’

बादी समुदायको परम्परागत पेशा भनेको नाचगान गर्ने, बाद्य वादनका समाग्री (मादल, ढोल र तबला) निमार्ण गर्ने,जाल बुन्ने र माछा मार्ने, सुल्पा, चिलिम र टरिया बनाउने रहेको छ । यो समुदाय खास गरी नदी किनार, खोला छेउ र ओडार आदीमा बस्ने गर्दथ्यो र आफ्नो जीवनलाई घुमन्ते जीवनको रुपमा जीवनयापन गर्ने सीमान्तकृत समुदाय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank