परराष्ट्र मन्त्री राणा पुस ४ गते दिल्ली जाने, प्रधानमन्त्रीको भारत भ्रमणको चाँजोपाँजो मिलाउने

दलित अनलाईन २७ मंसिर २०८१, बिहीबार १९:४६

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत जाने भएकी छन्। युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणा पुस ४ गते उतैबाट भारत जान लागेकी हुन्।

पुस ३ गते जर्मनीमा उच्चस्तरीय भेटवार्ता सकेर मन्त्री राणा त्यतैबाट दिल्ली जानेछिन्। दिल्लीमा पुस ५ र ६ गते इन्डो-नेपाल इकोनोमिक कन्फरेन्समा सहभागी हुन मन्त्री राणा भारत जान लागेकी हुन्।

भारत भ्रमणमा मन्त्री राणाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेट्ने तयारी छ। भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल हुने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबाट फर्किएपछि विभिन्न सार्वजनिक कार्यक्रमहरुमा आफ्नो भारत भ्रमण पनि चाँडै हुने बताउँदै आएका छन्।  परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणसँगै प्रधानमन्त्री ओलीको भारत भ्रमणको पनि चाँजोपाँजो मिलाउने बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank