दलितको आरक्षण खोसियो, विज्ञापन सच्चाउन दलित आन्दोलनकाे आयोगलाई चेतावनी

दलित अनलाईन १८ जेष्ठ २०७६, शनिबार ११:४३

काठमाडौं–लोक सेवा आयोगले निकालेको विज्ञापन प्रति असन्तृष्ट जनाउदै दलित विद्यार्थीहरुले चरणबद्ध आन्दोलनबाटै विज्ञापनको खारेजी गर्ने दावी गरेका छन् ।
सबै राजनीतिक दलसँग आबद्ध विद्यार्थी नेताहरुले दलित आन्दोलनका अगुवाहरुलाई सहित आन्दोलन उपस्थिति गराउने र आन्दोलनबाट विज्ञापनको खारेजी गराउने दावी उनीहरुले गरेका हुन् ।
शनिबार दलित विकास समितिको सभाहलमा आन्दोलनका अगुवा सहित दलित विद्यार्थीहरु आन्दोलनको रोडम्याप बनाउनुको साथै आजै ४ बजे माइतीघरमा विरोधसभा समेत गर्ने उनीहरुले बताएका छन् ।
नेपालको संविधान २०७२ को धारा ३८(४),४०(१),४२(१) र धारा २८५ ले प्रत्याभूत गरेको महिला दलित मधेसी थारु जनजाती मुस्लिम पिछडिएका वर्ग क्षेत्र समेतलाई राज्यको निकायमा समानुपातिक समावेशी हुन पाउने अधिकारलाई लोक सेवा आयोगको यो विज्ञापनले पूर्ण रुपमा व्यवस्था गरी लत्याएको छ । संविधानमा उल्लेख गरेको समावेसी समानुपातिक प्रणालीलाई बेवास्ता गर्दै न्युनतम मापदण्ड पनि अवल्म्वन नगरि पद पुर्ती गर्न खोजिएको भन्दै उक्त विज्ञापन खारेज नभएसम्म सशक्त आन्दोलन गर्ने संयुक्त दलित विद्यार्थी संघर्ष समिति नेपालको संयोजक मदन भूलले बताए ।
लोकसेवा आयोगले जेठ १५ गते निकालेको निजामती कर्मचारीको रिक्त पद पुर्तिका लागि कर्मचारी भर्ना गर्ने विज्ञापनमा दलित समुदायहरुलाई वेवास्ता गरी समानुपातिक तथा समावेशी व्यवस्थाले दलित आन्दोलनको उपलब्धि समेत गुमेको हुँदाँ सबै एक भएर आन्दोलनमा उत्रिनुपर्ने नेविसंघ नेता पवन नेपालीले बताए ।
शनिबारबाट सबै राजनीतिक दलसँग आबद्ध दलित विद्यार्थी नेताहरुले एक जुठ भएर आन्दोलनमाबाटै संविधानले दिएको अधिकारलाई लोक सेवा आयोगले खोसिएको अधिकारलाई स्थापित गराउने अखिल क्रान्तिकारिका राम नेपालीले बताए ।
लोकसेवा आयोगको यस कार्यको विरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी स्वरुप मधेसी विद्यार्थी र दलित विद्यार्थी नेताहरुको संयुक्त प्रयासमा बिरोध प्रदर्शन यस अघि पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank