स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व सुनिश्चितताले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह

दलित अनलाईन २४ फाल्गुन २०७८, मंगलवार १९:४७

काठमाडौँ—  स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व सुनिश्चितताले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह भएको दलित समुदायका सांसदहरुले बताएका छन् ।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा दलित महिला संघद्धारा आयोजित कार्यक्रममा सांसदहरुले स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व सुनिश्चितताले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह भएको बताएका हुन् ।

नीतिगत व्यवस्थाका कारण स्थानीय तहमा दलित महिला राजनीतिमा अग्रसर हुन थालेको चर्चा गदै प्रतिनिधिसभाकी सांसद लक्ष्मी परियारले स्थानीय वडामा दलित महिलाको प्रतिनिधित्व सुनिश्चितताले राजनीतिमा लाग्न बलियो आधार तयार भएको बताइन् । ‘दलित महिलाको प्रतिनिधित्वले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।’
स्थानीय तहको प्रतिनिधित्वले दलित महिलाको नेतृत्व विकास भएको भन्दै अधिकारका लागि फेरी एक जुट भएर लाग्नुपर्ने प्रतिनिधि सभा सांसद पार्वती विशंखेले बताइन् । ‘स्थानीय तहमा पुगेपछि दलित महिलाहरुमा आत्मबल बढेको छ, फेरी एकपटक स्थानीय तहको निर्वाचनमा एकजुट भएर लाग्नुपर्छ ।’
संविधान र कानुनले दिएको हक अधिकारलाई कार्यान्वयन गराउन आफुँहरु दृढ भएर लाग्ने निर्वाचन आयोगकी आयुक्त डा. जानकी तुलाधरले बताइन् । ‘निर्वाचन कानुनमा भएका व्यवस्था कार्यान्वयन गराउन आयोग प्रतिवद्ध छ ।’

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य परशुराम रम्तेलले उपलब्धी जोगाउन चुनौती रहेको चर्चा गर्दै सबै पार्टीबाट नेतृत्व विकास र प्रतिनिधित्व बढाउने गरी आगामी निर्वाचनमा अग्रसर हुनुपर्ने बताए । ‘सबै दलमा आवद्ध भई नेतृत्व विकास गरेका दलित समुदायका नेतालाई सही स्थान र मूल्याकंन गरिनुपछर्, दलित भएकै कारण अवसरबाट बञ्चित गरिनु हुदैन ।’
दलित समुदायका महिलाहरुलाई वडा सदस्यमात्र राख्ने नीति नै बेइमानी रहेको नेपाली कांग्रेसका नेता तथा नेपाल दलित संघका काबा अध्यक्ष शम्भु हजारा पासवानले बताए । ‘दलित महिला वडा सदस्य मात्र होइन, अध्यक्ष र उपाध्यक्षको समेत चुनाव जित्ने गरी अगाडी बढ्दै सबै पार्टीहरुलाई दबाब दिएर यो स्थानीय तहको चुनावनमा महिलाहरुको थप प्रतिनिधित्व बढाउन सकिने पावासनले बताए ।’

दलित समुदायहरु पार्टीभित्रका भातृ संगठन अनिर्वाय रुपमा बसेर आफ्नो कुरा स्पष्टसँग राख्न सक्नुपर्ने नेपाल दलित मुक्ती संगठन अध्यक्ष नेकपा एकीकृत समाजवादी नेता गणेश विश्वकर्माले बताए । सबै भन्दा विभेद र शोषण दलित महिलाहरुलाई परेको बताउँदै विभिन्न संघर्षबाट प्राप्त भएको उपलब्धीलाई बचाउँदै थप पार्टीभित्रबाट संघर्ष गर्नुपर्ने अध्यक्ष विश्वकर्माले बताए । दलित समुदायका सक्रिय नेताहरु पनि पार्टीभित्र कुनै सागाठिक जिम्मेवारीमा नबसेका कारण दलित समुदायहरु पार्टीबाट विस्थापित हुनुपर्ने अवस्था आएको विश्वकर्माको दावी गरे ।

जनता समाजवादी पार्टीका नेता दुर्गा सोवले हालको प्रतिनिधित्वले नेतृत्व विकास गराएको बताइन् । सोवले दलित महिलाहरुलाई थप अवसरका लागि दलहरुले पहल गर्नुपर्छ ३३ प्रतिशत महिला कोटामा दलित महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताइन् ।
दलित गैरसरकारी संस्था महासंघका कार्यबाहक अध्यक्ष भक्त विश्वकर्माले नीतिगत व्यवस्था भएकै कारण दलित महिलाले स्थानीय तहमा अवसर पाएको चर्चा गरे ।
स्थानीय तहको वडामा दुई महिलामध्ये एक दलित महिला हुनुपर्ने व्यवस्था छ । कार्यक्रममा संघले स्थानीय तहका दलित महिला जनप्रतिनिधिको सिकाई, अनुभव र चुनौती बारेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व सुनिश्चितताले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह भएको दलित समुदायका सांसदहरुले बताएका छन् ।
११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा दलित महिला संघद्धारा आयोजित कार्यक्रममा सांसदहरुले स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व सुनिश्चितताले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह भएको बताएका हुन् ।
नीतिगत व्यवस्थाका कारण स्थानीय तहमा दलित महिला राजनीतिमा अग्रसर हुन थालेको चर्चा गदै प्रतिनिधिसभाकी सांसद लक्ष्मी परियारले स्थानीय वडामा दलित महिलाको प्रतिनिधित्व सुनिश्चितताले राजनीतिमा लाग्न बलियो आधार तयार भएको बताइन् । दलित महिलाको प्रतिनिधित्वले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।”

स्थानीय तहको प्रतिनिधित्वले दलित महिलाको नेतृत्व विकास भएको भन्दै अधिकारका लागि फेरी एक जुट भएर लाग्नुपर्ने प्रतिनिधि सभा सांसद पार्वती विशंखेले बताइन् । स्थानीय तहमा पुगेपछि दलित महिलाहरुमा आत्मबल बढेको छ, फेरी एकपटक स्थानीय तहको निर्वाचनमा एकजुट भएर लाग्नुपर्छ ।
संविधान र कानुनले दिएको हक अधिकारलाई कार्यान्वयन गराउन आफुँहरु दृढ भएर लाग्ने निर्वाचन आयोगकी आयुक्त डा. जानकी तुलाधरले बताइन् । निर्वाचन कानुनमा भएका व्यवस्था कार्यान्वयन गराउन आयोग प्रतिवद्ध छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य परशुराम रम्तेलले उपलब्धी जोगाउन चुनौती रहेको चर्चा गर्दै सबै पार्टीबाट नेतृत्व विकास र प्रतिनिधित्व बढाउने गरी आगामी निर्वाचनमा अग्रसर हुनुपर्ने बताए । “सबै दलमा आवद्ध भई नेतृत्व विकास गरेका दलित समुदायका नेतालाई सही स्थान र मूल्याकंन गरिनुपछर्, दलित भएकै कारण अवसरबाट बञ्चित गरिनु हुदैन ।”
दलित समुदायका महिलाहरुलाई वडा सदस्यमात्र राख्ने नीति नै बेइमानी रहेको नेपाली कांग्रेसका नेता तथा नेपाल दलित संघका काबा अध्यक्ष शम्भु हजारा पासवानले बताए । दलित महिला वडा सदस्य मात्र होइन, अध्यक्ष र उपाध्यक्षको समेत चुनाव जित्ने गरी अगाडी बढ्दै सबै पार्टीहरुलाई दबाब दिएर यो स्थानीय तहको चुनावनमा महिलाहरुको थप प्रतिनिधित्व बढाउन सकिने पावासनले बताए ।

दलित समुदायहरु पार्टीभित्रका भातृ संगठन अनिर्वाय रुपमा बसेर आफ्नो कुरा स्पष्टसँग राख्न सक्नुपर्ने नेपाल दलित मुक्ती संगठन अध्यक्ष नेकपा एकीकृत समाजवादी नेता गणेश विश्वकर्माले बताए । सबै भन्दा विभेद र शोषण दलित महिलाहरुलाई परेको बताउँदै विभिन्न संघर्षबाट प्राप्त भएको उपलब्धीलाई बचाउँदै थप पार्टीभित्रबाट संघर्ष गर्नुपर्ने अध्यक्ष विश्वकर्माले बताए । दलित समुदायका सक्रिय नेताहरु पनि पार्टीभित्र कुनै सागाठिक जिम्मेवारीमा नबसेका कारण दलित समुदायहरु पार्टीबाट विस्थापित हुनुपर्ने अवस्था आएको विश्वकर्माको दावी गरे ।

जनता समाजवादी पार्टीका नेता दुर्गा सोवले हालको प्रतिनिधित्वले नेतृत्व विकास गराएको बताइन् । सोवले दलित महिलाहरुलाई थप अवसरका लागि दलहरुले पहल गर्नुपर्छ ३३ प्रतिशत महिला कोटामा दलित महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताइन् ।
दलित गैरसरकारी संस्था महासंघका कार्यबाहक अध्यक्ष भक्त विश्वकर्माले नीतिगत व्यवस्था भएकै कारण दलित महिलाले स्थानीय तहमा अवसर पाएको चर्चा गरे ।
स्थानीय तहको वडामा दुई महिलामध्ये एक दलित महिला हुनुपर्ने व्यवस्था छ । कार्यक्रममा संघले स्थानीय तहका दलित महिला जनप्रतिनिधिको सिकाई, अनुभव र चुनौती बारेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank