गैरदलितबाट कुटिइन् दलित महिला, प्रहरीले घटना गाउँमै मिलायो

पीबी दयाली ४ श्रावण २०७६, शनिबार १३:४१

पीबी दयाली

मोरङ- जातीय आधारमा अपमानित गर्दै गैरदलित परिवारबाट दलित महिला निर्घात रुपमा कुटिएपछि गम्भिर घाइते भई अस्पताल भर्ना भएकी छिन् ।
जातीय आधारमा गाली गर्दै कुटपिट गरेपछि हर भाँचिएर चल्न चटपटाउन नसकेपछि इटहरी स्थिति नोबेल हस्पिटलमा तारा विश्वकर्माको उपचार भइरहेको हो ।
मोरङ सुन्दरहरैंचा नगरपालिका वडा न १० स्थित त्रिवेणी चौकको विराटचोकमा बस्ने तारा विश्वकर्मालाई स्थानीय प्रेम गिरीको परिवारले जातीय आधारमा गाली गर्दै कुटपिट गरेपछि हर भाँचिएर चल्न चटपटाउन नसकेपछि इटहरी स्थित नोबेल हस्पिटलमा उपचार भइरहेको छोरी सुस्मिता विकले बताइन् ।
स्थानीय प्रेम गिरीले तारा विश्वकर्माको घर अगाडि अस्थायी चर्पी बनाएपछि तारा विश्वकर्माको घरमा दुर्गन्ध फैलिन थालेपछि ताराले गिरी परिवारलाई चर्पी सार्न आग्रह गरेकी थिइन् । तर गिरी परिवारले ताराको परिवारलाई तल्लो जात भएर आफुहरुसँग बोल्ने आँट र हैसियत राखेको भन्दै जातीय आधारमा गाली गर्दै विश्वकर्मालाई कुटपिट गरेका थिए ।
प्रेम गिरीको परिवारले कमीनी र डङिग्रीनी भन्दै आमालाई इंटा, ढुङगा,रड ले कुटपीट गरेको सुस्मिताले बताइन् । उनीहरुको कुटाइपछि आमा र आफु समेत घाइते भएको र आमाको शरीर थिलथिलो भएको सुस्मिताको दावी छ । घरमा रहेका दाई र भाईलाई पनि गिरी परिवारले कुटपिट गरेको उनले बताइन् ।
प्रेमकी श्रीमती इन्दिरा गिरी, छोरी सुनिता गिरी र पाहुना हुन काठमाण्डौंबाट आएकी रेजिना भारती लगायतले तल्लो जात भएर बढी हुन्छेस् भन्दै कुटपिट गरेका थिए । ताराको परिवारलाई जातीय आधारमा गाली गर्दै कुटपिट गर्न थालेपछि छुट्याउन खोजेको प्रत्यक्षदर्शी तुलाराम रम्तेलले पनि गिरी परिवारले जातीय आधारमा गाली गरी कुटपिट गरेको बताए ।

उल्टो पीडकले नै प्रहरी बोलाएर गाउँमै घटना मिलाएपछि
स्थानीय समाजसेवी मनु तामाङको पहलमा गिरी परिवारलाई बचाउन अस्पताल पु¥याइएको तारालाई सामान्य चेकजाँचपछि असार ३१ गते तारालाई गाउँमै बोलाइयो । तारा गाउँमा आएको केही समयमै मनु तामाङ सहित गाउँका भद्र भलाद्मीहरु पनि जम्मा भए । केही समयमा तीन जना प्रहरीहरु पनि जम्मा भएको ठाउँमा आइपुगे । उल्टो पीडित ताराको परिवारलाई घटना सामान्य भएको भन्दै हप्कीदप्की गर्दै गाउँको घटना गाउँमै मिलाउन पर्ने भन्दै मनु तामाङले केरकार गर्न लगाईन । प्रहरी चौकी सुकुनाका प्रहरी नायब निरीक्षक नारायण योगी र प्रहरी हवल्दारले मिलापत्रको कागजमा सहि गराएर बिक परिवारलाई मनोवैज्ञानिक रुपमा तर्साएका थिए । मनु तामाङले तारा बिकको बिरुद्ध बोलेर गिरी परिवारलाई उक्साएको बिरोध आएपछि तामाङले ताराको खुट्टा ढोगेर हतार हतार माफि मागेर फरार भएकी छिन ।
प्रहरीले लेखेको कागजमा तारालाई सामान्य उपचार गर्न भनेर लेखिए पनि पिडक गिरी पक्षलाई कुनै कार्बाही भएको छैन । चौकीमा छलफलको लागि मातेर आएका प्रेम गिरीलाई प्रहरीले खुल्लै छाडेको थियो । मातेका प्रेम गिरीले प्रहरीसँग कुटेको स्वीकार गरेका छन् । रक्सी खाएर खुलेआम छलफलमा आएका गिरीले प्रहरीको अगाडि घटना भएको स्वीकार गरे पनि केही कारबाही नगर्नुले प्रहरी प्रशासनमाथि नै प्रश्न उब्जिएको दलित अधिकारकर्मीहरुले बताएका छन् । सुन्दरहरैचाका दलित अधिकारकर्मीहरु कुमार लोहार, मिना सिन्चुरी, गोपाल परियार लगायतले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank