पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको स्थापना

दलित अनलाईन १७ आश्विन २०७७, शनिबार ००:०२

काठमाडौ— दलित समुदायको कला र साहित्य सिर्जनाहरुको उठानीकरणका लागि ‘पदम विश्वकर्मा साहित्य प्रतिष्ठान’ स्थापना भएको छ ।
दलित समुदायका साहित्य, कला तथा संस्कृतिको अध्ययन,अनुसन्धानका कार्यहरु गर्ने उद्देश्यले ‘पदम विश्वकर्मा साहित्य प्रतिष्ठान’ स्थापना भएको हो ।

दलित समुदायको साहित्यको सम्वद्र्धन र प्रवद्र्धनमा लाग्ने विशिष्ट योगदान पुर्याएका साहित्यकारहरुलाई पुरस्कृत समेत प्रतिष्ठानले गर्नेछ ।
यस्तै प्रतिष्ठानले उत्पीडित, पिछडिएका वर्गको उत्थानका लागि लेखिएका कृतिहरुको नियमित रुपमा प्रकाशन गर्नुको साथै विद्यालय स्तरमा भेदभाव विरुद्ध जनचेतना अभिवृद्धि गर्न राष्ट्रव्यापी रुपमा कविता प्रतियोगिता आयोजना समेत गर्नेछ ।
लमजुङको धमिलीकुवा–३ स्थायी वतन भएका पदम विश्वकर्मा अमेरिकाको कोलोराडोमा बसोवास गर्छन् । विदेशको अति व्यस्त जीवनबाट बचेको समय नेपाली साहित्यको चिन्तन र मनन गर्ने नेपालीहरुमध्ये एक हुन्।
त्रिभुवन विश्वविद्यालय काठमाण्डौंबाट नेपाली साहित्यमा स्नातक र समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका पदम विश्वकर्मा अन्तर्रराष्ट्रिय साहित्य समाजका पूर्व अध्यक्ष हाल बोर्ड अफ ट्रस्टीको उपाध्यक्षमा छन् ।
साहित्यकार रणेन्द्र बराली, साहित्यकार तथा वहराइनका राजदुत पदम सुन्दास तथा नेपाल सरकारका सचिव डा.मानबहादुर विश्वकर्मा सल्लाहकार रहने गरी प्रतिष्ठान स्थापना गरिएको छ ।

साहित्यकार पदम विश्वकर्माको अध्यक्षतामा सचिवमा कवि हरिशरण परियार,कोषाध्यक्षमा अधिकारकर्मी अमृत विश्वकर्मा, सदस्यमा महिला अधिकारकर्मी गौरा नेपाली र एक सदस्य पछि थप गर्ने गरी प्रतिष्ठान समिति गठन गरिएको छ । प्रतिष्ठानको उद्देश्य प्राप्तिका लागि निर्देशिका निर्माण गर्नुका साथै हरेक वर्ष सेप्टेम्बर ३० का दिन प्रदान गर्ने गरी दलित साहित्यमाथि लेखिएका विभिन्न विधामा पुरस्कार समेत दिने प्रतिष्ठानले घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank