किसानलाई दिइने अनुदानमा त्रुटि भेटिए कारबाही स् राज्यमन्त्री चौधरी

दलित अनलाईन १ श्रावण २०७५, मंगलवार ००:०१

विराटनगर – कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले किसानहरुलाइ दिइने अनुदान रकम वास्तविक किसानले नपाएको गुनासो आएको बताइन ।

सोमबार विराटनगर विमानस्थलमा कर्मचारीसँगको भेटमा मन्त्री चौधरीले भनिन्, ‘धेरै ठाउँबाट किसानहरुले गुनासो गरे पछि मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति बनाई एक महिना भित्र प्रतिबेदन बुझाउन म्याद दिएको छ । छानबिनको क्रममा गल्ती भेटिए नछाड्ने कारबाही हुन्छ ।’

राम्रो काम गर्ने लाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डित गर्ने उनको भनाइ छ । ‘म फेरि भन्छु जनतालाई छिटो शुलभ तरिकाले कसरी सेवा पाउँछन् त्यो गर्नुस,’ राज्यमन्त्री चौधरीले भनिन ।

कृषि, भूमि ,पशुपन्छी, सहकारी, खाद्य सुरक्षा, सम्बन्धी काम मन्त्रालयले छिटो र द्रुत गतिमा अगाडि बढाएको र यसलाई पछ्याउन कर्मचारीलाई निर्देशन दिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank