काठमाडौँ —नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको परामर्श र पार्टीभित्र आन्तरिक गृहकार्यपछि उनले पहिलो चरणमै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका थिए । कांग्रेसको समर्थनमा ओलीले शुक्रबार प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए ।
०७९ मंसिरमा आमनिर्वाचनपछिको डेढ वर्षमा चौथोपटक सत्तासमीकरण फेरिँदा प्रमुख प्रतिस्पर्धी दल कांग्रेसको समर्थन र अगुवाइमा ओली प्रधानमन्त्री बनेका छन् । जननिर्वाचित संसद् विघटन प्रकरणमा सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्रीबाट बहिगर्मन गरिदिएको तीन वर्षपछि उनी पुनः प्रधानमन्त्रीको कुर्सीमा पुगेका हुन् ।
यी हुन् नवनियुक्त मन्त्रीहरू :
१. केपी शर्मा ओली, प्रधानमन्त्री
२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक, गृह
६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७. आरजु राणा देउवा, परराष्ट्र
८. नवलकिशोर साह सुडी, महिला बालबालिका
९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३. प्रदीप यादव, खानेपानी
१४. प्रदीप पौडेल, स्वास्थ्य
१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे, पर्यटन
१७. रामनाथ अधिकारी, कृषि
१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई, रक्षा
२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण
Leave a Reply