रुकुम हत्याको विरोधमा सर्लाहीमा जनदवाव तथा धर्ना

दलित अनलाईन ३० जेष्ठ २०७७, शुक्रबार २१:२२

सर्लाही— रुकुम पश्चिममा भएको ६ जनाको हत्या , रुपन्देही जिल्लाको देबदह नगपालिकाको अंगिरा पासिको हत्या र धनुषाको सबैला नपाको शम्भु सदाको ईलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा भएको रहस्यमय हत्याको विरोधमा सर्लाही जिल्लाको सदरमुकाम मलङ्वाको सहिद चौकमा धर्ना गरिएको छ । धर्नामा दोषीलाई कानुन बमोजिम हदैसम्मको कार्वाही र पीडितलाई न्यायोचित क्षतिपूर्ति सहित माग गरिएको छ ।

संयुक्त दलित संघर्ष समिति सर्लाहीको सहसंयोजक राम नरेश मन्डलको नेतृत्वमा जिल्लाका नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही र मानव अधिकार रक्षक संजाल सर्लाहीको संयुक्त आयोजनामा भएको सो धर्नामा ४५ जनाको सभागितामा ३ घन्टा सम्म भएको थियो । धर्नामा दलित अधिकारकर्मी ,मानवअधिकारकर्मी विद्यार्थी को संयुक्त सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय रबिन्द्र बैठा ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही अध्यक्ष राजेश पासवान ,विद्यार्थी नेता महेश पासवान ,मानवअधिकारकर्मी मुकेश मिश्र ,महिला नेतृअन्जु बैठा, दलितअधिकारकर्मी सोगार्थ पासवान, प्रमोद पासवान, लगायतको सहभागिता थियोे । २१ औ शताब्दिमा जातको आधारमा विभेद गर्नु पुरातनवादी मानिसिकता रहेको भन्दै सबैले समानता र न्यायको लागि आवाज उठाउन आग्रह गरेका छन् ।

धर्ना कार्यक्रममा राष्ट्रिय सभा सदस्य माननीय राधेश्याम पासवान , प्रदेश सदस्य माननीय रबिन्द्र बैठा, माननीय श्यामपरी देबि,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ का राष्ट्रिय अध्यक्ष अधिबक्ता त्रिलोक चन्द बिश्वास विकले टेलीफोन मार्फत सम्बोधन गरेका थिए भने गोबिन्द पासवान , जनता समाज बादी पार्टीका युवा नेता राजन बैठा , र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ ,सर्लाहीका अध्यक्ष राजेश पासवान र राम नरेश मन्द्लले सम्बोधन गरेका थिए । उनीहरुले राज्य्ले कठोर कानुन नबनाए सम्म समाजबाट जातीय विभेद अन्त्य नहुनेमा जोड दिएका थिए । साथै पीडितले न्याय नपाए सम्म संघर्ष जारी रहने पनि संघर्ष समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank