काठमाडौँमा अन्तरजातीय विवाह गरेको जोडी ससुरा र सासुबाट कुटिए

दलित अनलाईन १४ माघ २०८०, आईतवार १७:०९

काठमाडौं —  कैलालीमा अन्तरजातीय विवाह गरेर गएकी छोरीलाई आमाले घरमै आएर कुटपिट गरेकी छन्।

गोदावरी नगरपालिका– ९ का सुरेश विश्वकर्मासँग अन्तरजातीय विवाह गरेकी २३ वर्षीया सरस्वती खड्कालाई आमाले घरमै आएर शनिबार कुटपिट गरेकी हुन्। कुटपिटबाट सरस्वती र सुरेश घाइते भएका छन्।

गौरीगंगा नगरपालिका– ७ की सरस्वती र सुरेशले २०७९ फागुन २९ गते काठमाडौँमा अन्तरजातीय विवाह गरेका थिए। विवाहपश्चात सरस्वतीका बुबा (पूर्वप्रहरी) र भाइले सुरेशलाई काठमाडौँस्थित गौशालाको जंगालमा लगेर उनी र सुरेशलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका सुरेशलाई सरस्वतीका बुबाले ‘ललाइफकाइ छोरीलाई लगेको’ भन्दै गौशाला प्रहरी बुझाएका थिए।

त्यसबेला प्रहरीले नै सुरेशलाई दुर्व्यवहार गर्नुका साथै जातीय विभेदजन्य गालीगलौज गरेको थियो। त्यसपश्चात डर-त्रासका बिच काठमाडौँमा बस्दै आएका सुरेश-सरस्वती १५ दिनअगाडि कैलालीस्थित घर आएका थिए।

उनीहरु घर आएकाे थाहा पाएलगत्तै शनिबार (हिजाे) बिहान ७ बजेतिर चार–पाँच जना मानिसहरुसहित घरमा आएकी आमाले आफू र श्रीमानलाई कुटपिट गरेको सरस्वतीले  जानकारी दिइन्। ‘हिजो बिहान त्यस्तै ७ बजेतिर चार–पाँच जना मान्छेसहित आउनुभएको थियो’, सरस्वतीले भनिन्, ‘अरु मान्छेले त केही बोलेन्न तर मम्मीले म र श्रीमानलाई कुटपिट गर्नुभयो।’ कुटपिटबाट सामान्य घाइते भएको उनले बताइन्।

आमा आएर घरमा हल्लाखल्ला गरेपछि गाउँलेहरुले इलाका प्रहरी कार्यालय मालाखेतीलाई सूचना गरेका थिए। सूचनापछि प्रहरीले घरमै आएर आमालाई नियन्त्रणमा लिएर सम्झाइ–बुझाइ गरेको सरस्वतीले बताइन्।

‘मम्मीले आक्रमण गरेको एकछिनमै प्रहरी आएर उहाँलाई समात्याे,’ सरस्वतीले भनिन्, ‘धन्न प्रहरी समयमै आएर उहाँलाई समात्यो, नत्र उहाँ त हामीलाई हान्न खुकुरी खोजिरहनु भएको थियो।’

प्रहरीले उनलाई आगामी दिनमा सुरेश र सरस्वतीलाई धम्काउने तथा आक्रमण गर्ने प्रयास गरे कारबाही गर्ने चेतावनी दिएर घर पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank