मुसहरले मनाए अन्तर्राष्ट्रिय भुइया दिवस

दलित अनलाईन ३ माघ २०७७, शनिबार १९:५४

काठमाडौं — मुसहर समुदायहरूले अन्तर्राष्ट्रिय भुइया अर्थात् भूमि दिवस मनाएका छन् ।

‘हाम्रो संस्कृति, हाम्रो स्वाभिमान, तोडौँ विभेदके जन्जिर, देखौँ वीरपुर्खाको नजिर’ भन्ने नाराका साथ हरेक वर्ष माघ १ गते मुसहरहरूले भुइया दिवस मनाउँदै आएका छन् । भुइया महाराजको पूजा–आराधना गर्दै दुई वर्षयता दिवस मनाउन थालिएको मुसहर अधिकारकर्मी पचु माझीले बताए ।

‘जन्मभूमिमै, कर्मभूमिमै, तर मुसहरसँग भूमि छैन, सरकार भूमि दिँदैन,’ उनी भन्छन्, ‘त्यसैले भूमि माग गरेर दिवस मनाउन थालेका हौँ ।’ दिवसको अवसरमा भएको कार्यक्रममा मुसहर समुदायको वर्तमान अवस्था, त्यसको कारण र समाधानका उपायहरूबारे छलफल भएको छ ।

उम्लिरहेको तातो दूधले नुहाउने अपटौनी पूजा गरिएको छ । तराईका मुसहर पनि कुनै वेला राजा थिए । तर, आफ्नै बसोवास भएको भूमि पनि आफ्नो छैन । माझी भन्छन्, ‘राजा भएको मुसहर कसरी भूमिहीन भए ?  त्यसको खोजी सुरु भएको छ, अब मुसहरका संस्कृति, वेषभूषाको संरक्षण र उनीहरूको जीविकोपार्जनका लागि राज्यले सहयोग गर्नुपर्छ ।’

अन्तर्राष्ट्रिय भुईया दिवस सेनिया सदाको अध्यक्षतामा, न्याय र जीवनरक्षा र वकालत गर्ने दलित अधिकारकर्मी चन्देश्वर दासको प्रमुख अतिथि, तथा समाजसेवी  राजकुमार महतो, देव नारायण मण्डल,सहित मुसहर समुदायको अगुवा रामस्वरुप सदा सादा, राजेन्द्र सदा, मोहन सदा बद्री सादा, लगायत शिक्षित, बुद्धिजीवि, समाजसेवी लगायत ब्यतिmहरुको उपस्थितिमा मनाएका छन् ।

उषा सदालाई निःशुल्क उपचार सहित आर्थिक सहयोग गरेका डा. रामकेवल साह, मिथिला वाईल्डलाईफ ट्रस्टका संचालक देवनारायण मण्डल, युनिसेफ नेपाल, जनकल्याण मुसहर एकता सेवा समाजका अध्यक्ष राजेन्द्र सदा, क्रृषिवंश एकता सेवा समाजका अध्यक्ष मोहन सदा, सशुल्कमा उच्च शिक्षा हासिल गर्न सहयोग गर्ने मोडेल क्याम्पस, मोनाष्टिक क्याम्पस, अनुप माझी, तेजनारायण सदा  र सुनिल सदाहरुलाई दिनाभद्री सम्मानबाट सम्मानित गरिएको थियो ।

 

सबैभन्दा अन्तिम पिधमा रहेको मुसहर समुदायको जीवन समृद्ध नआउँदा समेत  नेपाल समृद्ध हुन नसक्ने बताउँदै  दलित अधिकारकर्मी चन्देश्वर दासले  दलित समुदायको  लागिआएको छात्रवृति फ्रिज गरी अझै शिक्षाबाट बन्चित गर्न खोजेको बताए । अधिकारकर्मी दासले  दलित समुदायको हत्या र बलात्कारहुदाँ समेत प्रदेश र  संघीय सरकारले केही नगरेको बताए ।

मुसहर समुदायको गौरव साँस्कृति, पहिचान, सम्बन्ध र समस्यालाई अनर्राष्ट्रिय स्तरमा स्थापित गरी दिनाभद्रीलाई राष्ट्रिय विभुतिको रुपमा घोषणा गर्नुपर्ने कुरा राज कुमार महतोले राखे ।

भुमिको राजा मुसहर कसरी आज भुमिहिन भयो  ? मुसहर जातिको परिर्वतनक शिक्षा र आर्थिक पार्जन नै रहेको देवनारायण मण्डलले बताए ।मुसहर समुदायको शिक्षा, जग्गा, आबास, स्वास्थय, राजनैतिक सहभागीता, कामको अवसर दिनुपर्नेमा सरकार लगायत गैरसरकारी संस्थाहरुले काम गर्नुपर्ने कुरा रामस्वरुप सदा, बद्री सदा, अनुप माझी, धनिर सदा, मोहन सदा, प्रमिला सदा र  रामपुकार सदाले  जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank