देशभरीका सुकुम्वासीले चुनावअघि लालपूर्जा नपाए काठमाडौमा आन्दोलन गर्ने

दलित अनलाईन २९ माघ २०७८, शनिबार १९:५०

काठमाडौं — चुनावअघि सुकुम्वासीहरुलाई लालपूर्जा सहित भूमि उपलब्ध नगराए ४० लाखभन्दा बढी सुकुम्वासीले भोट बाहिस्कार गर्ने घोषणा गरेको छ ।
शानिबार काठमाडौंको कागेश्वरी गोठाटारमा रहेको सुकुम्वासी वस्तीबाट आन्दोलनको सुरुवात गदै लालपूर्जा सहित भूमि उपलब्ध नगरे भोट बाहिस्कार गर्ने घोषणा गरेका हुन् ।

बसोबासका आधारमा लालपूर्जा वितरण तथा विना विकल्प उठीबास सदाको लागि बन्द हुनुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेको सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताए । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका नेताहरुले सरकारको नियत गलत देखिएको भन्दै आन्दोलन एकसाथ देशभरीबाट उठाउने बताए ।

एक मन्त्रालयबाट लालपूर्जा दिने सूचना प्रकासित गर्ने र अर्को मन्त्रालयबाट विकल्पविना नै सुकुम्वासीलाई उठिबास लगाउने सरकारको दोहोरो चरित्रको विरुद्धमा आन्दोलन गर्न बताएका छन् ।
सुकुम्वासी, अव्यवस्थित बसोबासका अधिकारकर्मीहरुले भने फास्टट्र्याकबाट लालपूर्जा वितरण गर्न माग पत्र सरकारका मन्त्री र राजनीतिक पार्टीका शीर्ष नेताहरूलाई यस अघि नै बुझाई सकेका छन् ।


देशभरका ७० लाख सुकुम्वासीको हका अधिकार सुनिश्चित गर्न माग पत्र बुझाएका हुन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, पार्टी अध्यक्ष उपेन्द्र यादव, नेकपा क्रान्तिकारी माओवादी पार्टीका महासचिव मोहन वैद्य किरण, शहरी विकासमन्त्री रामकुमारी झाक्री र सस्कृती पर्यटनमन्त्री प्रेम आलेलाई चार बुदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank