बाजुरामा गर्भवती महिलामाथि भएको बलात्कार घटनामा एकजना पक्राउ

दलित अनलाईन १८ पुष २०८०, बुधबार १७:१६

काठमाडौँ — बाजुरामा एक गर्भवती महिलामाथि बलात्कार गरेको घटनामा प्रहरीले जनालाई नियन्त्रणमा लिएर अनुसन्धन गरिरहेको छ ।

जिल्लाको हिमाली गाउँपालिकाकी ३५ वर्षीया एक गर्भवती महिलामाथि जबरजस्ती करणी भएको घटना सार्वजनिकपछि प्रहरीले सोही ठाउँका एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धन गरिरहेको हो  ।

उनीविरुद्ध अदालतबाट म्याद समेत थप भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी किशोरसिंह ऐरीले जानकारी दिए ।

पुस १० गते महिलामाथि बलात्कार गरेको भन्दै तीन दिनपछि जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता भएको थियो । प्रहरीले सोही घटना सँग अर्को घटना पनि जोडिएपछि पीडित महिलाका श्रीमान् र देवरलाई पनि नियन्त्रणमा दिएको छ ।

एक पक्षले जबरजस्ती करणीको मुद्दा प्रहरीमा दर्ता गरेको छ भने अर्का पक्षले कुटपिटको मुद्दा दर्ता गराएको छ । दुई पक्षलाई थुनामा राखी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank