नेपाल दलित संघले भन्यो, ‘कोरोना कहरमा राहत सहयोगका लागि लाग्यौं’

दलित अनलाईन ९ बैशाख २०७७, मंगलवार १४:०९

काठमाडाैं- नेपाल दलित संघले कोरोना कहरमा राहत सहयोगको पहलमा जुट्नका लागि नेपाल दलित विद्यार्थी संघका सम्पूर्ण केन्द्रीय समितिका पदाधिकारी एवमं सदस्यज्यूहरु तथा सबै जिल्ला सभापतिज्यूहरु र सबै तहका नेतृत्वहरुसँग अपिल गरेको छ ।

नेपाल दलित संघका सचिव दिपक सोनीबाट जारी गरिएको विज्ञप्तीमा भनिएको छ , यस अवधिमा आफ्नो अत्यावश्यक काम या अन्य कुनै विशेष शिलसिलामा घर बाहिर रहेका परिस्थितिले घर पुग्न नसकेका दलित समुदायका विपन्न असहाय व्यक्तिहरु जो जहाँ हुनुहुन्छ तपाईहरुको आवश्यक राहत सहयोगका लागि प्रयासरत रहेकाे नेपाल दलित संघले  जनाएकाे छ  । यस्तै नेपाल दलित संघले  राहत  सामाग्रीका लागि सबैलाई सहयोग गर्न अपिल समेत गरेकोछ ।

आफुहरुले लकडाउनको अवधिमा विभिन्न कारणले घरभन्दा बाहिर रहेका आम समुदायलाई सुरक्षित रुपमा घरमै बस्न आग्रह गदै आफुहरुले सकेको राहत वितरण गरेको नेपाल दलित संघका सचिव दिपक सोनी बताए । आफुहरुले तत्कालै राहत र अलपत्र परेका व्यक्तिहरुको सहयोग गर्न सांसद तथा नेता मीन विश्वकर्मा सहित व्यक्तिगत नम्बर समेत विज्ञप्ती राखेकाे सचिव दिपक सोनीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank