रुकुम आठबिसकोटमा एक दलित बालिका बलात्कृत

दलित अनलाईन ११ कार्तिक २०७८, बिहीबार २२:४५

रुकुम पश्चिम  –रुकुमको आठबिसकोटमा एक दलित बालिका बलात्कृत भएकी छिन् ।

जाजरकोटको नलगाड नगरपालिका वडा नं १ की १४ बर्षकी दलित बालिका बुधबार बेलुका रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको वडा नम्वर १४ मा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

उनलाई सोही ठाउँका अन्दाजि २६ बर्षका झलक जैसीले बलात्कार गरेको भन्दै बालिकाको बुवाले ईलाका प्रहरी कार्यालय आठबिसकोटमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताए । उनि जाजरकोटबाट उक्त स्थानमा लागेको स्थानीय मेलाको अवसरमा आयोजित भलिबल खेल हेर्न  गएकी ।

बलात्कारपछि बेहोस अवस्थामा रहेकी बालिकालाई राती आठबिसकोट स्थित नगर अस्पताल पुर्याएको थियो । प्रहरी निरीक्षक शर्माका अनुसार उनको अत्याधित रक्तश्राव भैरहेको  थियो । नगर अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि आज दिउँसो नेपालगञ्ज रिफर गरिएको अस्पतालले जनाएको छ । उनको अवस्था गम्भिर रहेको बताईएको छ । घटनाको अनुसन्धान भैरहेको र अभियुक्तको खोजि भैरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank