दलित मुक्तिको व्यथा

कमल विश्वकर्मा १३ भाद्र २०७७, शनिबार १३:०१

अवसरको खोजी गर्नेहरु
अवसर आफ्नो समुदायको मुक्तिमा देख्छन्
र, मुक्तिको ठूला–ठूला आवाजहरु निकाल्दै
मालिकको दास बन्छन् ।

पद, प्रतिष्ठा र धनदौलतको खोजीमा
आफ्नै समुदायको पीडालाई बेची
मुक्तिको लागि आफूले ठूलो त्याग गरेको
भ्रम समुदायमा छर्छन्
अनि, मालिकसँग सौदाबाजी गर्छन् ।

दास मनोवृत्तिबाट जन्मिएकाहरुबाट
समुदायको मुक्ति कहाँ नै भएको छ र,
यस्ता प्रवृत्तिहरु यहाँ पनि एनजीओ, राजनीति
अनि सबैसबै तिर नदेखिएको कहाँ हो र,
रुकुम नरसंहार, अंगिरा, राजुलगायत दलितमाथिको
हत्या र बलात्कारहरु यही प्रवृत्तिको शिकार होइन र !

ए ! दलित मुक्तिका लागि लडेको हुँ भन्ने ठेकेदारहरु हो ?
सबैभन्दा पहिला अवसर खोजीको प्रवृत्ति त्याग
अवसरको खोजीले दास मनोवृत्ति जन्माउँछ
दास मनोवृत्तिले मुक्तिकामी होइन दासीहरु जन्माउछन् ।

यदि तिम्रो लडाई, समुदायकै लागि हो भने
आफूले देखेका लोभलालचका सपनाहरु त्याग
अनि, समुदायको मुक्तिका लागि स्वाभिमानीपूर्ण ढंगले लड
यो लडाईले तिम्रो र तिम्रा समुदायको मुक्ति अवस्य हुनेछ ।

जब तिमिले समुदायको नाममा अवसरको फोहोरी खेती गर्छौ भने
अवस्य, तिम्रा कुनै स्वार्थ पूरा हुनेछन्
तर, समुदायलाई अझ यो भन्दा बढी
नारकीय भडखालोमा जाग्नेछौं ।

भो ! अव यो नाटक नगर
आफ्नो व्यक्तिगत प्रगति नै गर्नु छ भने
समुदायलाई नै किन बेच्नु पर्यो र
यदि तिमीसँग क्षमता र प्रतिभा छ भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank