सिरहामा दलित महिलालाई मरणासन्न गरी कुटपिट

दलित अनलाईन ९ श्रावण २०७८, शनिबार १६:५९

सिरहा — सिरहा कल्याणपुर वडा ३ की एक दलित महिलालाई  घरभित्र पसेर अभद्र व्यवहार गर्दै मरणासन्न  गरी कुटपिट गरेका छन् ।
कल्याणपुर नगरपालिकाको निलम्बित मेयर सूर्यनाथ मण्डलका छोरासहितको समुहले शुक्रबार राती ११ बजेको समयमा दलित महिलामाथि अभद्र व्यवहार गदै मरणासन्न गरी कुटपिट गरेका हुन् ।
कल्याणपुर नगरपालिका वडा ३ की ४० वर्षीय सितादेवी महरा र उनलका १८ वर्षीय छोरा जितेन्द्र महरालाई कुटपिट गरेका थिए । निलम्बित मेयर सूर्यनाथ मण्डलको कान्छो छोरा दिनेश मण्डल र मेयरका भाई विषुन मण्डलको छोरा राकेश मण्डलसहितको समूह जाँडरक्सी सेवन गरी सुनियोजित रुपमा कुटपिट गर्ने मनसायले दलित बस्तीमा पुगेका थिए ।
दलित बस्तीमा पुग्नु अगावै दिनेशको समूहले दलित महिलाको घर आँगनमा माटो र पत्थर फँयाकी जथाभावी गालीगलौज गरी कुटपिटमा उत्रिएका थिए ।
११ बजे राति घरमा आएर मेरो आमालाई चमिनी तलाई कसले काम दिन्छ भन्दै फोहोर शब्दमा गालीगलौज गर्दै घिसारीघिसारी कुटपिट गर्ने थालेपछि किन कुटपिट गरेको भनेर प्रश्न गर्दा उल्टो आफुलाई पनि कुटपिट गरेको छोरा जितेन्द्र महराले दलित अनलाइनलाई बताए ।
घाईते आमा र छोराको उपचार युनिक मोडल अस्पताल कल्याणपुर ११ स्थित उपचार भइरहेको छ ।

घाईते जितेन्द्र महराले आफुहरुलाई घरमा कुटपिट गर्दा कल्याणपुर ईलाका प्रहरी कार्यालय फोन गर्दा समेत कुनै पहल नगरेको उनले गुनासो गरे । ‘न्याय दिने निकाय पनि पावर र पैसाको पछि लागेर होला, मैले समयमै खबर गरेपनि घटनामा प्रहरीले कुनै चासो देखाएन्,’ जितेन्द्रले भने, ‘ हामीमाथि अन्याय भयो, न्यायको लागि आवाज उठाइदिनुहोस् ।’

घाईते जितेन्द्र महराको बुवा ट्रयाक्टर चालकको रुपमा काम गर्छन् । सितादेवी महराका श्रीमान कृपाल महराले ईलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दर्ता गरेका छन् ।

दलित अधिकारकर्मी तथा दलित जागरण केन्द्र नेपाल गोलबजार सिरहाका सचिव संजय महराले दलित महिलामाथि गरेको अभद्रव्यहार र कुटपिट गरेको घटनालाई सुक्ष्म तरिकाले छानविन गर्नु पर्ने बताए । महराले पद पैसा र पहँचको आधारमा कसैलाई छुटदिनु हुँदैन मानव अधिकारको उल्लंघनका घटनामा प्रहरी प्रशासनले समयभित्र गम्भिरतापूर्व पिडितको उपचार र न्यायदिनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank