![](https://dalitonline.com/wp-content/uploads/2020/05/news-photo-mian.jpg)
काठमाडाैं — सचेत भनिने मानवीय इतिहासमै कालो धब्बा जेठ १० गते रुकुममा जातीयताकै कारण ६ जना कलिला युवाहरुलाई सामूहिक नरसंहार गरियो । मनुस्मृतिको १० अध्ययाको ५३ पद अनुसार अछुतले प्रेम विवाह गर्न मनाही गरेको छ । यहि मन्त्रलाई जप्दै आजसम्म पनि कट्टर हिन्दुवादी समाजले विवाहलाई वर्जित गर्छ आज पनि । यो पछिल्लो रुकुम हत्याको कारण पनि यत्ति नै हो । यस हत्या प्रकरण चारैतिरबाट सामसुम पार्ने खोजेको भन्दै राजनीतिक पार्टीको तर्फबाट सुरुमा जनता समाजवादी पार्टीले १८ गतेदेखि माइतीघर मण्डलामा धर्ना कार्यक्रमको आयोजना ग¥यो । धर्नामा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलर्मदन कामी, मुख्य सचिव डीबी. नेपाली(सोलु), तामसालिङ अध्यक्ष कृष्ण कुमार घलान लगायतले संवोधन गरेका थिए ।
सामूहिक हत्या जातीयताकै कारण हो । तर, परम्परागत वर्गीय र जातीय लाभ लिईरहेका जर्नादन शर्मा भने वास्तविकतालाई ढाकछोप गर्न खोजिरहेको छन् । उनी समानता र न्याय दिलाउने भन्दै हिजो मारिएकै समुदायको सहभागीतामा कथित जनयुद्धबाट आएका हुन् । सरकारले गृहमन्त्री र शर्माको योजनामा कर्मकाण्डी छानबिन समिति त बनायो । सडक र सदनमा समेत व्यापक विरोध र काँग्रेसले सदन अबरुद्ध गर्ने चेतावनी दिएपछि उच्चस्तरीय संसदीय छानबिन समिति बनाएको छ ।
बलात्कार हत्याहिसालाई सामन्य ठान्ने गृहमन्त्री यस्ता घट्ना अमेरिकामा पनि हुन्छ भनी विषयान्तर गर्दैछन् । पहिलो संविधानसभा विघटन गराउने मुलपात्र मध्येका एक महान्यायधिवक्ता अग्नि खरेल त अध्ययन प्रतिवेदन नआउँदै घट्ना सामान्य हो ,भन्नु पीडादायी मात्र छैनकि समुदायप्रतिको अपमान र विभेदको अर्कोरुप हो। एकल जातीय सत्ता कुन हदसम्मको क्रुर हुन्छ भन्ने कुरा हिटलरलाई हेर्दा काफी छ । जो मध्ययुगतिर भएको थियो । हिटलरको कालो कतुृत छोप्न गोयबल्सलाई प्रचार मन्त्री बनाएका थिए ।
उनको मान्यता के थियो भने कुनै पनि असत्य कुरालाई पनि सय पटक सहि भन्यो भने सत्य भनेर बुझ्ने गर्दछन् । ठीक त्यसैगरी राज्यबाट परिचालित भएर वास्तविक पीडितसँग एकपटक संवाद समेत नगरी हत्यालाई जातीय कारण दिन नचाहने कथित बाहुनवादीहरु तप्का—तप्का विभाजित छन् । केही बाहुनवादीहरु जातीय कारणलै रुकुम नरसंहार भएको बताँउछन त केही बाहुनवादीहरु अन्तरजातीय प्रेम विवाहको निहुँमा सुनियोजित रुपमा हत्या हुँदा समेत जातीय कारण नदेख्न सक्ने जातीय आहंकारवादी सोचको कुष्टि हो । यसमा वरिष्ट पत्रकार किशोर नेपाल देखिनु नौलो विषय नहुन सक्छ ।
घाइतेलाई उपचार, पीडितलाई राहत र सुरक्षा प्रति राज्य र नागरिक समाज कसैको ध्यान गएको छैन । छानबिन र अध्ययनका नाममा पटक–पटक पीडित परिवारलाई कति मानसिक तनाव दिएको छ ? कसैले आँकलन गरेको छैन । सबै राजनीतिक दलहरुले यस्तो जघन्य अपराधमा समेत एउटा विक्षप्ति निकाल्न एक हप्ता लगाउनु, नेतृत्वपंक्ति अझै मौन रहनु, अपराध र अपराधीलाई संरक्षण गर्न लाग्नु, छानबिन समिति बनाउन आनाकानी गर्नु, बालीघरेमा कैद भातृसंगठनले मालिकको आदेश पर्खिनु, राष्ट्रको उच्च पदमा आसिन व्यक्तिले दुई शब्दको समवेदना नदिनु, थरीथरीका मिडियाले विषयलाई सामान्यीकरण गर्न खोज्नु, परिचालित पत्रकार र मिडियाले समेत शासक वर्गकै आवाज बोल्नु जस्ता दृष्यले नेपालमा नयाँ खालको जातीय नरसंहारकारी हिटलरलाई २१ औं शताब्दीमा सम्झाएको छ । यी सबै परिदृष्यहरु जातिवादी राज्यसत्ताका स्थायी मानकहरु हुन् ।
चारैतिर दबाब र प्रभावका कारण स्वतस्फूर्त धर्नामा बिस्तारै सहभागीता बढ्दै गएको छ । सत्तापक्षको बालीघरे, दास, गुलामी गरेर अवसर लुट्ने समूह भने कुन दुलोभित्र पसेको छ ? बेखबर वेपत्ता भएको छ । उल्टै वक्तब्यबाजी गरेर हामीनै हो मसिहा ! अरुले के गर्यो भन्दै मरेका लासमाथि नाचिरहेको छ । यसको हिसाबकिताब इतिहासले गर्नेनै छ । उनीहरु मालिकले सिठ्ठी नफुकी डोरी भित्र, बाहिर नाघ्न तयार छैनन् । संभवतः लाजले मुख छोप्नु पर्ने बाध्यताले होला मुख लुकाई रहेको छ । धनुषा, नवलपरासी लगायत देशैभरि हत्याहिंसा भैरहका छन् । यस्तो विषम अवस्थामा न्यायको लागि राज्य त गैरजिम्मेवार र जातिवादी छँदैछ ।
सबै राजनीतिक दलहरुले यस्तो जघन्य अपराधमा समेत एउटा विक्षप्ति निकाल्न एक हप्ता लगाउनु, नेतृत्वपंक्ति अझै मौन रहनु, अपराध र अपराधीलाई संरक्षण गर्न लाग्नु, छानबिन समिति बनाउन आनाकानी गर्नु, बालीघरेमा कैद भातृसंगठनले मालिकको आदेश पर्खिनु, राष्ट्रको उच्च पदमा आसिन व्यक्तिले दुई शब्दको समवेदना नदिनु, थरीथरीका मिडियाले विषयलाई सामान्यीकरण गर्न खोज्नु, परिचालित पत्रकार र मिडियाले समेत शासक वर्गकै आवाज बोल्नु जस्ता दृष्यले नेपालमा नयाँ खालको जातीय नरसंहारकारी हिटलरलाई २१ औं शताब्दीमा सम्झाएको छ ।
त्यो भन्दा खतरनाक हजारौं गुना बढी कथित दलित भनिने बालीघरे नेतृत्वको कारणले न्याय नपाएकोमा कुनै सन्देह छैन । सिमित स्वार्थ, लोभलालचा, मान, पदप्रतिष्ठा गुम्ला भन्ने डरले उत्पीडित नेतृत्व किंकतब्र्यविमुढ र अर्कमण्यताको शिकार भएका छन् । तसर्थ, कुनै पनि समस्या आउनुमा बाह््य कारण भन्दा आन्तरिक कारण नै बढी जिम्मेवार हुन्छ तथ्य यहाँ पनि लागू भएको देखिन्छ । धर्नाक कार्यक्रममा विभिन्न राजनीतिक नेतृत्व, कानुन व्यवसायी, पत्रकार, नागरिक समाज, बुद्धिजिवी,संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति बढी रहेको छ ।
यहि २९ गते धर्ना कार्यक्रममा जसपाका नेता राजेन्द्र महतो सहभागी भए । उनले संवोधन गर्दे भने पीडितले मात्रै आफ्नो कुरा उठाउने प्रचलन हटाउनु पर्छ । सबैले सबैका न्यायको पक्षमा बोल्नु पर्छ । राज्यले अपराधीलाई संरक्षण गर्नु मिल्दैन । त्यसकै लागि खबरदारी र ऐक्यवद्धताको लागि म आएको हुँ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले भ्रष्टाचार र भागबण्डा नमिल्दा संसद अवरुद्ध गर्छन दलहरुले । तर, कोरोनो महामारीको पिसिआर टेष्ट बढाउन र रुकुम घट्नाको न्यायको लागि संसद अवरुद्ध किन गर्दैनन् ?
नेपाल बार एशोसिएशनका पूर्व महासचिव अधिवक्ता सुनिल पोखरेलले अपराधलाई लकडाउनको बाहनाले छेक्न नसक्ने बताए । किनकी कानुन हातमा लिएर हत्यानै गरेपछि अरु विषय गौन हुने गर्दछ । यदि लकडाउको सहारा लिएर अपराधी उम्काउने हो भने मृतकहरुलाई समाएर सुरक्षा निकायलाई किन नबुझाएको ? भनि प्रश्न गर्नु भयो । खबरदारी धर्ना कार्यक्रममा युवा नेता दलमर्दन कामी, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत संघसंस्थाबाट संवोधन भएको थियो । राज्य स्वभावैले एक नश्लीय जातिवादी छँदैछ । हजारौ वर्षदेखि यी समुदायले अन्याय, अत्याचार भोग्दै आइरहेका छन् । यो कुनै नौलो विषय होइन । तर, लामो बलिदान र योगदान पछि प्राप्त गणतन्त्रमा पनि यस्तो घट्ना हुँदा पनि सत्तापक्ष, प्रतिपक्ष भनेर जुहारी खेली रहनु खेदजनक कुरा हो । खासगरी सत्तामा रहेको दलको बालीघरे नेतृत्वले सडकको समेत कमाण्ड सम्हालेर खबरदारी धर्नाको मियो बन्नु पर्ने थियो । उसलाई दलाली दास, गुलाम मानसिकताले बाँधीरहेको छ ।
बलियो मियो बिनाको खबरदारी धर्ना कार्यक्रम पाइलट बिनाको हवाइजहाज, चालक बिनाको गाडी, लगाम बिनाको घोडा र कम्पास बिनाको पानी जहाज जस्तो गन्तब्यविहिन भएको छ । मुख्य माग र मुद्धा के–के हुन ? आगामी रणनीति, कार्यनीति र योजना के–के हुन् ? भन्ने जस्ता विषय अन्यौलग्रस्त छन् । उत्पीडित समुदायको समानता, आत्मसम्मान, सामाजिक न्याय, मानवअधिकार प्रातिको लागि सम्पूर्ण उत्पीडित समुदाय एक हुनुको विकल्प छैन । यो बेलामा ढुङ्गा समेत बोल्नु पर्ने, रुखपात समेत हल्लिनुपर्ने, मरेको लासले समेत आवाज उठाउनु पर्ने अवस्था हो । सजिव भनिने कथित दलित नेतृत्वहरु निर्जिव भन्दा पनि गएगुज्रेकै अवस्था हो ?
हजारौं वर्षदेखिको दासत्वलाई तोड्न एक हुन के ले रोकिराखेको छ ? अब पनि लासमाथि घृणित राजनीति गर्न बन्द गर । कथित दलित नेतृत्व ! तोड बराजुको सिमित घेरा, छोड दास, गुलाम र बालीघरे मानसिकता ! त्याग झर्ला र खाँउला भन्ने संकीर्ण सोच ! यत्रो आम सामूहिक जातीय नरसंहारमा पनि कुम्भकर्णे निद्रामा सुत्ने पागलपनबाट व्यूँझि, उठ, जाग, उत्पीडित कथित बालीघरे नेतृत्व ! हाय ! अझै कति जना मारेपछि, मारिएपछि होस खुल्छ ? बेहोसी स्वार्थीहरु ? याद राख ! जातिवादी राज्यले तिमीहरुलाई पनि छोड्नेवाला छैन ।
Leave a Reply