चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी पल्टी सदाको मृत्यु

दलित अनलाईन २३ पुष २०७८, शुक्रबार १९:५९

सिरहा—सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी  ६५ वर्षीया पल्टी सदाको चिसोको कारण मृत्यु भएको छ ।

डेढ हप्तादेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण सदाको  मृत्यु भएको हो ।  बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी दलित महिला सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु  थियो ।

चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ निवासी ६५ वर्षीय देवनारायण ठाकुरको यस अघि मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए ।

अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । सो उपमहानगरपालिकासहित धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालयमा बिदा दिएका हुन् ।

चिसोका कारण निमोनिया, कोल्डडायरीया, दम, रुघाखोकी र स्वासप्रस्वाससम्बन्धी समस्या लिएर बिरामी आउन थालेका छन् । विशेष गरी ग्रामीण क्षेत्रका विपन्न बस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ । टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank