स्वास्थ्य मन्‍त्रालयको सच्चाइयो विज्ञप्ती संक्रमितको संख्या २ सय ४५ मात्र

दलित अनलाईन १ जेष्ठ २०७७, बिहीबार ११:०८

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण सच्याएको छ। बिहीबार बिहान ७:४५ बजे जारी गरेको अध्यावधिक विवरण त्रुटीपूर्ण भएकाले सच्याइएको मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अधिकारीले आज बिहान पाँच जना नयाँ संक्रमित थपिएको भनेर विवरण दिएका थिए। विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो अध्यावधिक विवरण अनुसार २५० भएकोमा प्राविधिक कारणले पहिलेनै पुष्टि भएका ५ जनाको विवरण पुन: रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु।’

धनुषा, महोत्तरी र सर्लाहीमा ५ जना संक्रमित पाइएको पुष्टि बैशाख ३१ गते मंगलबार १०:१५ बजे नै मन्त्रालयले गरेको अध्यावधिक विवरणमा उल्लेख थियो। मन्त्रालयले मंगलबार जिल्ला र उमेर मात्रै कोड गरेर विज्ञप्ती निकालेको थियो। सोही विवरण आज (बिहीबार) बिहान पनि फेला परेका संक्रमितको जिल्लाको स्थानीय तहको ठेगाना र उमेर समेत खुलाएर पुनः विज्ञप्ति निकालिएको हो। पछिल्लो विवरणअनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank