यसकारण मेरो उम्मेदवारी : बोमबहादुर विश्वकर्मा

दलित अनलाईन १४ मंसिर २०७८, मंगलवार ०२:५९

नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेपाल उत्पीडित जातिय मुक्ति समाजका ईन्चार्ज बोमबहादुर विश्वकर्मा दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार दिएर चुनावी मैदानमा छन् । लामो समयदेखि पार्टीभित्रका विभिन्न जिम्मेवारीमा बसेर कुशल भूमिका निर्वाह गर्ने विश्वकर्मा दलित समुदायले आशा गरेका नेता हुन् । पार्टीभित्र प्रष्ट विचार राख्ने नेता विश्वकर्मा  उम्मेदवारी घोषणा गरेका छन् । उनै विश्वकर्मासँग गरिएको दलित अनलाईनले गरेको कुराकानीको सम्पादित अंश :

तपाईको  उम्मेदवारी किन ?
खास गरेर मेरो उम्मेदवारी म सानै उमेरदेखि नेपालको कम्युनिस्ट आन्दोलन र नेपाली दलितसँगै सामाजिक आन्दोलनमा संग्लन भए । पार्टीमा निर्वाचित हुँदा र पार्टीले दिएका जिम्मेवारीहरुलाई इमान्दारीपूर्ण वाहन गरे । पार्टीले जिम्मेवारी दिदाखेरी पनि धेरै जसो समय दलित क्लष्टरमै रहेर काम गर्ने गरे । समुदायको लागि पार्टीभित्र र बाहिरका विभिन्न आन्दोलनमा सक्रियाता पूण सहभागिता जनाए । अहिले देशमा लोकतन्त्र आएको छ । संविधानको निर्माण भएको छ । कानुनको निर्माण भएका छन । कतिपय कानुन निर्माण हुन बाँकी छ । दलित समुदायको र नेपाली निमुखा जनताहरुको लागि संविधानमा धेरै कुरा व्यवस्था भएको छ । तर संविधानमा लेखिएका कुराहरु व्यवाहरिक रुपमा कार्यान्वयन हुनु बाँकी छ ।

सामाजिक रुपान्तरणका लागि, सामाजिक परिर्वतनका लागि, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको साथै नेपाली कम्युनिस्ट आन्दोलन र नेपालका राजनीतिहरु दलहरुमाध्य नेकपा एमालेलाई सबैभन्दा बलियो पार्टी बनाउनका लागि मेरो उम्मेवदारी हो ।

दलित समुदायको प्रतिनिधित्व त घट्यो नि ?

सर्वप्रथम सातौं महाधिवेशनबाट छिटपुट र आठौंहुँदै बुटवलमा भएको महाधिवेशनपछि नेपाली राजनीतिक दलहरु अर्थात नेपालको कम्युनिस्ट आन्दोलन र नेकपा एमाले समावेशी हुनुपर्छ । र पार्टीको नेतृत्वमा तलदेखि माथिसम्म पार्टीको संरचनाहरुमा नेपाली समाजको झलक देखिनुपर्छ भन्ने मान्यता नेकपा एमाले राख्दाछ । त्यसकारणले गर्दा नवौं महाधिवेशन पनि सोही बमोजिम नेतृत्वको निर्माण भएको थियो । त्यतिवेला कतिमा १४ जान केन्द्रिय सदस्यहरु निर्वाचन हुँन सफल भएका थियौं । त्यसै बामोजिम अहिले पनि १० औं महाधिवेशन चितवनको सौराहमा संचालन भईरहेको छ । अन्य काम सकिएका छन । अव निर्वाचनको काम बाँकी छ । अहिलेको यो महाधिवेशन सर्वसहमत बनाउने पर्छ भन्ने हाम्रो मिसन थियो । तर सबै क्लष्टरहरुलाई समावेशीका आधारमा जनसंख्यको आधारमा, पार्टी सदस्यको आधारमा जनजाति, वर्ग समुदायको दलित क्लष्टर छुटाईएको छ । त्यसै कारण दलित क्लष्टरको लागि १२ जनाको कोटा परेको छ । आठ जना पुरुष र चार जना महिला प्रतिनिधित्व हुने छ । यसैगरी अन्य समुदायहरु थारु, मुस्लिम,जनजाति र महिलाहरुको लागि पनि क्लष्टर छुटाईएको छ । पिछाडीको वर्ग र दुर्गम क्षेत्रहरुको सबै गरी क्लष्टर छुटाएको छ । खुल्ला गरी ३०१ को केन्द्रीय कमिटी निर्माण हुन्छ । स्वभाविक रुपमा २३ सयभन्दा बेसी महाधिवेशन प्रतिनिधि भएको र ३०१ को कमिटी निर्माण हुँदा गर्दा सर्वसहमत बनाउने उद्देश्य र मिसनहुँदाहुँदै पनि कतिपय प्रतिनिधिहरुले आफ्ना चाहना राख्नु, दावा गर्नु आफैमा उर्जाशील कुरा हो । र अत्याधिक पदमा र केन्द्रिय पदमा सर्वसहमत नै हुन्छ । केही छिटपुट पदमा मात्र निर्वाचन हुन्छ भन्ने लागेको छ । सभव्तत सबैमा सर्वसहमत पनि हुनसक्छ कि ।

घट्दो होइन् । सातौंमा भन्दा आठौं धेरै र आठौंभन्दा नवौं महाधिवेशनमा दलित समुदायको प्रतिनिधित्व बढ्दो छ । अहिलेको यो महाधिवेशनमा २३ सय प्रतिनिधिमा २ सय दलित समुदायको महाधिवेशन प्रतिनिधित्व छ । केही क्लष्टर बढेका छन् । त्यसपछि ३०१ को कमिटी निर्माण हुँदैछ । बीचमा हाम्रो पार्टीमा चाहेर वा नचाहेर पनि केही जटिल समस्याहरु देखा परे । माओवादी पार्र्टीसँग पार्टी एकता गरियो । पछि अदालतले भंगजस्तो गरिदियो । त्यपछि सानो एउटा तप्का माधव नेपालको चुटिएर गयो । हामीले पाटीलाई राम्रो बनाउने निहुँमा संख्यामात्र जम्मा गर्नु होइन् । इमान्दार र क्षमता भएका र सक्रिया रुपमा पार्टीभित्र बसेर जिम्मेवारीपूर्ण ढंगबाट अगाडी बढाउनुपर्छ ।

हिजाका कठिन परिस्थिति र आजको यो विषम परिस्थितिमा समिक्षा गदै नयाँ ढंगबाट पार्टी अगाडी बढ्दै गर्दा कसैले चाहेर वा नचाहेर रिस इस्या गरेपनि नेकपा एमालेको काँधमा नेपाली जनताको नेतृत्व गर्ने, नेपाल राष्टको नेतृत्व गर्ने जिम्मेवारी काँधमा आएको छ । पार्टीलाई रिफाइन गर्ने र व्यवस्थतित गर्ने ,पार्टीलाई गतिशील बनाउने, एक्टीभ क्वलीफाइट पार्टी निर्माण गर्नका लागि संख्यत्मक रुपमा केही तलमाथि परेपनि अहिलेको आवश्कता सर्वसहमत बनाउनका निम्ती त्यस्तो खालको देखियो । तर हामीसँग त्यस्ता धेरै ठाउँहरु छन् । निर्वाचन आयोग छ । लेखा आयोग छ । अनुशासन आयोग छ । सल्लाकार परिषद छ । केन्द्रीय कमिटी बनेपछि थप १० प्रतिशत मनोनित गर्नेछौं । सबै क्षेत्रको प्रतिनिधित्व हेर्दा हाम्रो समुदायको प्रतिनिधित्व अन्य पार्टीहरु भन्दा राम्रो हुने आउँछ । अहिले केन्द्रिय कमिटीलाई मात्र विभाजन गर्दा १२ भएको हो । थप पदाधिकारी हाम्रो यो पटक प्रतिनिधित्व हुनेछ । यो समुदायको हिसावले हेर्दा निकै राम्रो हो ।

तपाई निर्वाचित हुने आधार के त ?

पार्टीभित्र कसले कस्तो भूमिका खेलेको छ । निर्वाचित हुनका लागि धेरै आधारहरु चाहिन्छ । दशौं महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशन बनाउनुपर्छ भनेर हामी लागेका छौं । नेतृत्वले हरेक व्यक्तिको क्षमता र इमानको मूल्यांकन गरिरहेको छ ।
मेरो भूमिका र जिम्मेवारीको विषयमा पार्टीभित्र र बाहिर सबै हिसाबले सबै कमरेडहरुलाई पहिलादेखि नै थाहाँ भएका हुँदा निर्वाचित हुन्छुभन्ने लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank