काठमाडौं— बृहत नागरिक आन्दोलनले जेठ १० गतेलाई प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोध दिवसको रुपमा सम्झना गर्ने भएको छ ।
गत वर्ष जेठ १० गते प्रेमिकासँग विवाह गर्न गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका ५ जना साथीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–६ सोती गाउँमा सामूहिक हत्या भएको थियो ।
उक्त दिनको सम्झनामा १० जेठलाई प्रेमविरोधी जात व्यवस्थाको प्रतिरोध दिवस मनाउन लागिएको बृहत नागरिक आन्दोलनले विज्ञप्ति निकालेर जनाएको छ । कोरोना महामारीलाई ध्यानमा राखी त्यस दिनको कार्यक्रम भर्चुअल माध्यमबाट गरिने भएको छ ।
उक्त दिवसको अवसरमा विभिन्न व्यक्तित्वका कविता, कला तथा भिडियो अभिव्यक्ति जेठ १० सम्म निरन्तर प्रवाह गरिने वृहत नागरिक आन्दोलनले जनाएको छ । त्यसपछि जेठ १० गते विशेष भर्चुअल प्रतिरोध कार्यक्रम आयोजना हुनेछ ।
विज्ञप्तीको पूर्ण पाठ
Leave a Reply