प्रधानमन्त्री प्रचण्ड र सभमुख घिमिरेबीच भेटवार्ता

दलित अनलाईन २ जेष्ठ २०८१, बुधबार १०:३३

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएकाे छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरे भेटवार्ता भएकाे हाे।

भेटमा संसदलाई प्रभावकारी बनाउने तथा संसद अवरोधलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अवराेध गर्दै आएकाे छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पाैडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत भएपछि काँग्रेसले संसद अवरुद्ध गरेकाे थियाे। जसकारण राष्ट्रपतिप्रति संघीय संसदबाट धन्यवाद प्रस्तावसमेत पारित हुन पाएकाे थिएन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank