लुम्बिनी प्रदेशमा छुवाछुतविरुद्ध प्रहरीको अभियान सुरु

दलित अनलाईन १ माघ २०७७, बिहीबार १९:२३

बुटवल — जातीय छुवाछुत तथा विभेदको अन्त्य गर्न साथै समाजमा हुने बालविवाहको न्यूनीकरण गर्न उद्देश्यले प्रहरी सचेतनामूलक अभियान सुरु गरेको छ ।
पौष २६ गतेबाट सुरु भएको अभियान २६ चैतसम्म चल्नेछ । लुम्बिनी प्रदेशस्तरका सबै १२ जिल्ला र ५३ इलाका प्रहरी गरी ६५ प्रहरी कार्यालयबाट अभियान सञ्चालन गरिने भएको छ । अभियान अवधिभर कम्तीमा तीन सय ९० वटा कार्यक्रम सञ्चालन हुने प्रदेश प्रहरीले जनाएको छ ।
जातीय छुवाछुत तथा विभेदको अन्त्य गर्न साथै समाजमा हुने बालविवाहको न्यूनीकरण गर्न र यस्ता विभेदका विषयमा शून्य सहनशीलता कायम गर्न अभियान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । उनका अनुसार अभियानभर सचेतनामूलक कार्यक्रम तथा अन्तक्रिया, छलफल, पर्चा र पम्प्लेट वितरण, कानुनी प्रावधानबारे जानकारी तथा विद्यालयस्तरमा प्रशिक्षण प्रदान गरिनेछ ।

अभियानको मुख्य उद्देश्य समाजमा हुने जातीय छुवाछुत तथा बालविवाहजस्ता अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पु¥याई जातीय विभेद तथा बालविवाहमुक्त समाजको सिर्जना गर्नु रहेको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरीले सञ्चालन गरेको यस अभियानलाई उपलब्धिमूलक बनाउन सबैलाई सक्रिय सहभागी बन्न प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank