गौदान

मिरा प्रसाईं २८ जेष्ठ २०७९, शनिबार १२:२४

पुरोहितजी !

तपाइँ भन्नु हुन्छ

‘गौदान गरे मृतकका लागि स्वर्गको ढोका खोलिन्छ ।’

सदियौँ देखि गरुड पुराण धेरैले सुने / सुनाए

मृतकलाई कष्ट नहोस् भनेर

डढाल्नो भरी ऋणको भारी

बोकेर

अनगिन्ती परिवारले गौदान गरे / गराए ।

मैले जस्तै, सदियौँ देखि मानिसहरूले संशयका

प्रश्नहरू

मस्तिष्कको डोका भरी बोकेका छन्

र सदियौँ देखि प्रश्नका

डोकाहरू चुहिन खोज्दैछन् ।

अबको समय प्रश्नहरूका जवाफ र संशोधनको समय हो ।

पुरोहितजी !

तपाइँलाई केवल एउटा प्रश्न

सोध्छु म

जवाफ दिनुहोस् है ।

आजसम्म कुनैपनी मृतकले

गाईको पुच्छर समाएर वैतर्णी नदि तरेर

स्वर्ग गएको देख्नु भएको छ

तपाइँले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank