गिनिज बुकमा दुई वर्ल्ड रेकर्ड राख्ने दिनेश सुनार

दलित अनलाईन ६ श्रावण २०७५, आईतवार १९:४२

टेकेन्द्र बस्याल

,नेपालगन्ज- सशस्त्र प्रहरीका जवान दिनेश सुनार गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुईपटक विश्व रेकर्ड कायम गर्दै नाम लेखाउन सफल हुनुभएको छ । ब्याक फिलिप्समा दुई वटा विश्व रेकर्ड कायम गर्न सफल सुनार यतिबेला तेस्रो वल्र्ड रेकर्ड कायम गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा तेस्रो विश्व रेकर्ड कायम गर्ने तयारीमा हुनुहुन्छ ।
२०६९ सालमा शसस्त्र प्रहरी जवानमा जागिरे सुनारले गत वर्ष सन् २०१७ मा ‘मस्ट ट्विस्टिङ् ब्याक फिलिप्स अ फद वाल इन एक वन मिनेट’ रेकर्ड कायम गर्नुभएको छ । यस्तै भर्खरै सन् २०१८ को जनवरीमा उहाँले ‘द मस्ट ब्याकवार्ड समरसाउट वाल इन ३० सेकेन्ड’ रेकर्ड कायम गर्दै दोस्रो पटक गिनिज बुकमा नाम लेखाउनु भएको हो । यस्तै ‘मस्ट ट्विस्टिङ ब्याक फिलिप्स अफ द वाल इन ३० सेकेण्ड’ मा पूरा गर्दै तेस्रो पटक वल्र्ड रेर्कड कायम गर्ने तयारीमा सुनार लाग्नुभएको छ । ‘देशका लागि दुई वटा वल्र्ड रेकर्ड कायम गरेँ, तर नेपाली मिडियामा ओझेलमा परेँ,’ उहाँले गुनासो गर्नुभयो, ‘भारतीय मिडियाले भने धेरै चासो दिएर समाचार बनाए । ’
आफ्नै देशमा आफू मिडिया र सरकारी निकायको आँखामा पर्न नसकेको सुनारले बताउनुभयो । तेस्रो वल्र्ड रेकर्डमा ३० सेकेण्डमा १० पटक ब्याक फिलिप्स गर्नुपर्नेमा अहिले १२ पटक गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँ २०१७ र २०१८ मा भएका वल्र्ड रेकर्डमा गिनिज बुकको सबै माथिको उत्कृष्टमा परेको छ । उहाँका यी दुई रेकर्डमा अहिलेसम्म गिनिज बुकमा कसैले पनि नाम दर्ता गराएका छैनन् । खोटांग जिल्ला हलेसी गाउँपालिका ८ निवासी २५ बर्षीय सुनार घरका एक्ला छोरा हुनुहुन्छ । सुरु सुरुमा घरपरिवारमा जिम्न्यास्टिक सिक्दा र खेल्दा घरमा नरुचाएको र विदेशतिर गएर पैसा कमाउन दिएको सल्लाह अहिले पनि सम्झिरहन्नु हुन्छ । त्यतिबेला चलचित्र र भिडियो देखेर जिम्न्यास्टिकमा आकर्षण भएको उहाँले बताउनभयो । ‘तर एक दिन राम्रो खेलेर बुवाआमा, छरमिछेक र देशका लागि केही नँया काम गर्छु र रेकर्ड राख्छु भन्ने सोचेको थिएँ, अहिले त्यो पूरा भयो । ’

सुनार नेपालमा मात्र होइन भारत, जापान लगायत विश्वभरका मिडियामा छाइसक्नु भएको छ । खोटाङ् राजापानीका विर्खबहादुर सुनार र रीता सुनारका छोरा दिनेशले जिम्न्यास्टिक खेलमा रूचि त्यतिबेला राख्नुभयो , जतिबेला उहाँ गाउँमा बाख्रा चराउन जाँदा बगरमा उल्टि जम्प हान्नुहुन्थ्यो । उहाँको प्रदर्शन देखेर सशस्त्र प्रहरीका तत्कालिन प्रमुख सनत बस्नेतले उठाएर हलचोक पुराइएपछि दिनेश जागिरे हुनुभएको थियो । उहाँ अहिले सशस्त्र प्रहरी संगठनभित्र एउटा अब्बल ‘पार्कर’ भनी चिनिनु हुन्छ । पार्कर जिम्न्यास्टिकको परिस्कृत नाम हो । वल्र्ड फ्रि रनिङ पार्कर फेडरेशनको निम्तोमा उहाँ अमेरिकाको फ्लोरिडा पुग्नुभएको थियो । उहाँले त्यहाँ वल्र्ड च्याम्पियनसीपमा सहभागिता जनाउनुभएको थियो भने विश्वका ८० जनामा उत्कृष्ट ८ मा समेत पर्न सफल हुनुभएको थियो ।
उहाँको कला नेपाली फिल्ममा पनि बिकेको थियो । हवल्दार सुन्तली, हँसिया, किस्मत २ जस्ता फिल्ममा उहाँले स्टन्ट म्यानको भुमिका निर्वाह गरिसक्नुभएको छ । ‘मस्ट ट्विस्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनेट’ विषयमा ‘न्युनतम १५ पटक सम्म गर्नुपर्ने गिनिज बुकमा उल्लेख छ । तर उहाँले १८ पटक सम्म गरेर देखाउनुभयो । द मस्ट ब्याकवार्ड समरसाउट वाल इन ३० सेकेन्डमा रेकर्ड कायम गर्नुभएको हो । ३० सेकेन्डमा १६ पटकको रेकर्ड तोडिदिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank